५ सय ५० भन्दा बढी नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

  • प्रकाशित मितिः आश्विन २, २०७६
  • 936 पटक पढिएको
  • समय अनलाइन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) त्यागेर सयौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले देशभर सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा पार्टी प्रवेश गर्नेको लर्को लागेको हो ।

उक्त क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ पालीमा भएको कार्यक्रममा ५ सय ५० भन्दा बढी नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णु खनाल ‘मुस्कान’ ले दिएको जानकारी अनुसार नेकपाका स्थानीय नेता तथा वडा अध्यक्ष पदका उम्मेदवार नुरमहमद अलि, वडा सदस्य पदका उम्मेदवार मधु पन्तसहित ५ सया ५० जना भन्दा बढीलाई कांग्रेसमा भित्र्याइएको हो ।

नवप्रवेशीहरूलाई मुस्कानसहित पूर्वमन्त्री रेवतीप्रसाद भुषाल, चन्द्रबहादुर केसी, पूर्व जिल्ला सभापति कमल भुसाल लगायतले सोमबार पार्टी प्रवेश गराएका हुन् । यसअघि पाणिनीको धातिवाङ्गमा पनि दुई दर्जन नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved