धरान र केराबारी अव सीधा जोडिने

  • प्रकाशित मितिः आश्विन ६, २०७६
  • 1036 पटक पढिएको
  • समय अनलाइन

धरान । सुनसरीको धरान उपमहानगरपालिका अन्र्तगत वडा नम्बर ६ स्थित पानबारी र मोरंङको केरावारी गाउपालिकालाई सडक सन्जालले सीधा जोड्ने भएको छ ।

धरान वजारदेखि केरावारी सम्मको १५ किलोमीटरको दुरीको ग्रामीण बाटोलाई पुर्ण सडक सन्जालले जोड्ने भएपछि सुनसरीको धरान र केरावारी गाउपालिका अव सीधा जोडिने भएको हो । सुनसरी र मोरंङको सीमाना चोक्टी स्थित हो । वुढीखोलाले दुईं जिल्लाई विभाजन गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका ६ नम्बर वडा र साविकको याङशिला हालको केरावारी जोडिएको स्थानीय तह हुन ।धरान ७ स्थित पानबारी स्टेनबाट सवारी साधानहरु त्यसतर्फ गई केराबारी सम्म पुग्ने गरेको छ । तर सडकको असुविधाका कारण त्यस क्षेत्रका वासिन्दालाई समस्या हुँदै आएको थियो । अहिले पनि धरानबाट केराबारी सम्म पुग्नको लागि धरान ६ पानबारीको चोक्टीबाट भने कच्ची सडक भएर केरावारी सम्म जानु पर्ने वाध्यता रहेको छ । तर अव केराबारी गाउपालिकाले ग्रामीण भेगको कच्ची बाटोमा सडक निर्माण तीव्र पार्न थालेपछि स्थानीयलाई केराबारीबाट धरान लगायत विभिन्न शहर आवात जावत गर्नको लागि सहज हुने भएको छ ।

जनप्रतिनिधीले स्थानीय तह सन्चालनको अधिकार पाएसँगै विकास पनि तीव्र पार्न थालेपछि स्थानीयवासी खुशीले गद्गद हुन थालेका छन् । सुनसरी र मोरङको चोक्टीदेखि केरावारी गाउपालिकाको अमृतचौक सम्मको कच्ची सडकमा स्थानीय तह केरावारी गाउपालिकाले पक्की सडक वनाउनको लागि सडक निर्माण तीव्र पारेको छ । गाउपालिका र संसदकोषको वजेटबाट अहिले केरावारी गाउपालिका अन्र्तगत पर्ने मुगु खोला र चोक्टी सम्म सडक निर्माण तीव्र वनाएको वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले वताए ।

सडक निर्माण यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने छ भने सडक निर्माण सम्पन्न भएपछि केरावारी गाउपालिका सीधा धरानसँग जोडिएर आवातजावत गर्नको लागि सहज हुने वडाध्यक्ष मगरको भनाई छ ।मुगु खोलादेखि चोक्टी सम्मको सडक निर्माणको लागि २ चरणको काम हुने छ । ४२ सय मीटर लम्वाई सडकको लागि हाल गाउपालिकाको वजेटबाट २५ सय मीटरको सडक विस्तार भईरहेको छ । शाह आरके श्रीकृष्ण जेभीले ठेक्का पाएर सडक निर्माण कार्य धमाधम भइरहेको हो । केराबारी गाउपालिकाले एक रोड ६४ लाख वजेटबाट सडक निर्माण भइरहेको जनाइएको छ । पुर्ण सडक निर्माणको लागि जम्मा २ करोढ ६४ लाखमा ठेक्का लागेको छ ।

सांसद घनश्याम खतिवडाको संसद विकास कोष मार्फत १ करोड वजेट प्राप्त भएको वडाध्यक्ष उपेन्द्र लुंगेलीले बताए । उनले भने,’धेरै दुख छ ,तर अव यो सडक विस्तार भएपछि सहज हुनेछ,बाटोको कारण नै हो हाम्रो साविकको याङ्शिला पछि परेको तर अव भने सडक विस्तारले विकासको मुहार फेरिने छ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved