प्रहरी पक्राउ परेका कार्कीले मापसे सेवन

  • प्रकाशित मितिः कार्तिक १५, २०७६
  • 1034 पटक पढिएको
  • समय अनलाइन

इलाका प्रहरी कार्यालय इटहरी अगाडी ‘डिएसपी मुर्दावाद’ भन्ने इटहरी उपमहानगरपालिकाका एक कर्मचारी रातभर प्रहरीको हिरासतमा बसेका छन् ।

बुधबार साँझ ७ बजे देउसी खेल्न हिडेका इटहरी उपमहानगरपालिका १९ नम्बरका वडा सचिव सुरेश कार्कीले प्रहरी कार्यालय अगाडी डिएसपी धर्मराज भण्डारीको नाम लिदै ‘डिएसपी मुर्दावाद’ भनेका थिए । उनलाई इटहरी पूर्व टेग्रा खोला नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्कीले ३ पटक डिएसपी बिरुद्ध जथाभाबी बोलेको भन्दै रातभर हिरासतमा राखी बिहिबार बिहान नेकपाका स्थानिय नेताको रोहवरमा छाडिएको थियो ।

कार्की नेकपा इटहरीका नेताहरुको देउसी टिममा सहभागी थिए । देउसी खेल्न जुटबिकास टोल जाने क्रममा प्रहरी कार्यालय अगाडी पुग्दा स्कुटरबाट कार्कीले अपशब्द बोलेको प्रत्यक्षदर्शी एक प्रहरीले जानकारी दिए ।

७-८ जनाको समूहमा रहेका कार्कीले स्कुटरबाटै डिएसपी मुर्दावाद तिनपटक भनेको ति प्रहरी बताउछन् । पछि डिएसपी साँबले पक्रेर ल्याउनु भनेपछि टेग्रा पुल पारीबाट उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।

पक्राउ परेका कार्कीले मापसे सेवन गरेको बताइएको छ । कार्कीले देउसी खेल्दा केही ठाँउमा होहल्ला गर्ने गरेको जानकारी पाएपछि प्रहरीको एक टोलीले उनलाई भेटेरै त्यस्तो नगर्न चेतावनी दिएको थियो ।

तर सोही साँझ कार्कीले सोही कुराको रिसमा डिएसपीलाई अपशब्द बोलेको हुन सक्ने देउसीमा सहभागी एक नेकपाका कार्यकर्ताले बताए । कार्कीलाई हिरासतमा राख्दा समेत भित्र होहल्ला गरेको बताइएको छ ।

यता इटहरीका डिएसपी धर्मराज भण्डारीले बिषय सानो भएकाले यसलाई समाचार नबनाउन आग्रह गरे । ‘प्रहरी कार्यालय अगाडी होहल्ला गरेको आरोपमा पक्राउ परेको हुन्, अरु केही हैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved