बसको ठक्करबाट डाक्टर बुवा र नर्स छोरीको निधन, घटना सुनेपछि परिवार बेहोस

  • प्रकाशित मितिः कार्तिक १८, २०७६
  • 879 पटक पढिएको
  • समय अनलाइन

बसको ठक्करबाट डाक्टर बुवा र नर्स छोरीको निधन, घटना सुनेपछि परिवार बेहोस भएर हस्पिटलमा
कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा बाबु छोरीको निधन भएको छ । बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको निधन भएको प्रहरीले जनाएको छ । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पतालका चिकित्सक हुन भने छोरी अञ्जलीकुमारी न्यूरो अस्पतालकी नर्स हुन ।

घरबाट अफिस जाने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी राजकुमार खिइजूले जानकारी दिए । विराटनगरबाट इटहरी आउादैं गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ जादैं गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उनीहरूको विराट नर्सिङ कलेजमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

‘छोरीलाई अस्पताल छोडेर आफू पनि ड्युटीमा जाने भनी हिँडेका बखत बसले ठक्कर दिँदा दुबैको निधन भएको हो । शुभलाल छोरीलाई सधैंजसो न्युरोमा पुर्‍याएर आफू आँखा अस्पताल जान्थे। दुबैको श’व पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ।

बाबुछोरी दुवैको स्थायी घर भने मोरङ सुन्दर-हरैंचा नगरपालिका-११ हो। आफन्त विसनलाल चौधरीका अनुसार शुभलाल हरैंचाबाट छोरीलाई लिन बुढीगंगा पुगेका थिए। बुढीगंगा-५ अञ्जलीको मावली घर हो। उनी ड्युटी सक्दा अबेर भए त्यहीँ बस्थिन्। रातविरात काममा जानुपरे मावली बस्थिन्।

शुभलालकी श्रीमती राजकुमारी माझी घटना सुनेपछि बेहोस छिन्। उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको छ। विसनलालका अनुसार यो परिवारमा अब राजकुमारी र उनकी सासु जगुवादेवी माझी मात्र छन्। शुभलालकी जेठी छोरी कल्पनाको तीन वर्षअघि नै मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved