कुकुरको हत्यारा पक्राउ

  • प्रकाशित मितिः कार्तिक २३, २०७६
  • 1158 पटक पढिएको
  • समय अनलाइन

बुधबार राती इटहरी १ स्थित हलगडामा युवा समूहको खुकुरी प्रहारबाट घर पालुवा कुकुरको हत्या भएको छ । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए ।

छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका हुन् ।

बुधबार राती ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरुले घर भित्र रहेका आयुसमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउदै बुवा मोहनले पछि आक्रोशित युवाहरुले बाधेर राखेको कुकुरमाथि जथाभावी धारिलो हतियार प्रहार गरी कुकुरको हत्या गरेको अपराध न्यूजसँग बताए ।घरमा छोरा मात्र थियो, दिउसो एकजना भाईसँग छोराको सामान्य भनाभन भएको रहेछ । साँझ ति भाईले १२–१३ जनाको समूह लिएर छोरामाथि आक्रमण गर्न आएका रहेछन् । छोरालाई आक्रमण गर्न नसकेपछि कुकुर काटेर भागेछन् ।’

मोहन भन्छन्– ‘छोरा घर भित्र ढोका थुनेर नबसेको भए छोराको पनि ज्यान जाने थियो’ ।

घटनापछि त्यस आसपासका स्थानियहरु आतंकित बनेका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा घर र कुकुर आक्रमण गर्ने युवाहरु बिरुद्ध किटानी जाहेरी दिइएको छ । आक्रमण गर्ने सबै युवाहरुको खोजतलास भइरहेको इटहरी प्रहरीले जनाएको 

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved