नेकपा र नेपाली काङ्ग्रेसको बिकलपमा राप्रपा

  • प्रकाशित मितिः कार्तिक २६, २०७६
  • 868 पटक पढिएको
  • समय अनलाइन


धरानमा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदका लागि धरानका जागरुक युवा रोशन बिश्वकर्मा `दर्नाल´ ले उम्मेदवारी दिनु भएको छ। त्यसैगरी धरान उप-महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा दिनेश शाक्यको उम्मेदवारी रहेको छ।
यहि मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका मेयरका प्रत्यासी दर्नाल राप्रपाका युवा केन्द्रिय सदस्य हुन भने वडाअध्यक्षका प्रत्यासी शाक्य धरानका समाजसेवि हुन।
धरानको माहोल र अबस्थालाई नियालिरहेका दर्नाल र शाक्य धरानको लागि उपयुक्त उम्मेदवार भएकाले सर्बसम्मत उहाँहरुको नाम अगाडि ल्याइएको राप्रपा जिल्ला खेम ओझाले बताउनु भयो।
राप्रपा केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेशका सचीव
बासुदेब भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ ,जिल्ला सचिब खेम ओझा, प्रदेश सचिब , जिल्ला उपाध्यक्ष द्वय गणेश गौतम र कमल काफ्ले, केन्द्रिय सदस्य शेखर थापा, युवा नेता नवीन थापा, १ नम्बर क्षेतृय अध्यक्ष श्री मोक्तान, धरान नगर अध्यक्ष नवीन पराजुली र इटहरी नगर अध्यक्ष भागवत चौधरी लगाएतको उपस्थितमा उम्मेदवार छनौट गर्न बसेको बैठकले दर्नाल र शाक्य धरानको मुहार फेर्न सक्ने नेतृत्व भएकाले उहाहरुको नाम अगाडि सारेको बैठकद्वारा जानकारी दिइएको छ।
यता उम्मेदवार दर्नाल भने अबको बिकल्प भनेको राप्रपा मात्र भएकोले आफुहरुलाई एकपटक जनताले बिश्वाश गर्नुपर्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ "यो भन्दा अगाडि धरानको नेतृत्व गरिरहेको नेकपाले के कस्तो काम गरेको छ भनेर जनतामाझ छर्लङ्ग छ, त्यसैले पनि अबको नेतृत्व गर्ने जिम्मा जनताले हामिलाई दिनु भयो भने हामी धरानको मुहार अबश्य फेर्नेछौ।" जनतालाई आफुलाई जिताउन आग्रह गर्दै उहाले थप्नु भयो "अब तपाईंहरुले कहि कतै नसोची भोट गाई चिन्हमा हाल्नुहोस र नतिजा पछि आफै था पाउनु हुनेछ।" उता ७ नम्बर वडा अध्यक्ष उम्मेदवार शाक्यले पनि आफुहरुलाई जिताउन सबैले सहयोग गर्नुपर्ने बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved