धरानको मेयर पदका लागि २३ जनाको उमेद्वारी, काग्रेसको पक्षमा देखियो जनसागर

  • प्रकाशित मितिः कार्तिक २७, २०७६
  • 910 पटक पढिएको
  • समय अनलाइन

धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरका लागि २३ जनाले उमेद्वारी दर्ता भएको छ ।  प्रमुख राजनीतिक दल नेकपा, कांग्रेस, समाजवादीलगायतका दलको तर्फबाट १३ र स्वतन्त्रका १० गरी २३ जनाले उमेद्वारी दर्ता गरेको हो ।

धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राईले उमद्वारी दर्ता गराएका छन । त्यस्तै कांग्रेसका तिलक राईले उम्मेदवारी दर्ता गरेका हुन । समाजवादीका गजेन्द्रबहादुर लिम्बु, संघीय लिम्बुवान मञ्च नेपालका अमर इजम र साझा पार्टीका राजनकुमार श्रेष्ठले उमेद्वारी दर्ता गराएका छन् ।
उमद्वारी दर्ता गर्नका लागि मुख्यदल नेकपा र कांग्रेसले शक्ति प्रदर्शनसमेत गरेका छन्।  नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यलगायतका केन्द्रीय नेतासहित प्रकाश राई निर्वाचन कार्यालयमा उपस्थित भएका थिए । कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित तिलक राईले धरानको मेयर पदका लागि उम्मेदवारी दर्ता गराए ।

नेकपाका प्रकाशले उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। उनले नेकपाको संगठन मजबुत र मतदाता नेकपाकै पक्षमा बढी रहेका कारण चुनावी नतिजा आफ्नो पक्षमा हुने उनको दाबी छ ।

कांग्रेसका तिलक राईले पटक–पटक नेकपाले धरानको नेतृत्व गर्ने अवसर पएको भए पनि उल्लेखनीय काम गर्न नसकेका कारण धरानका जनताले परिवर्तन चाहेकाले चुनाव आफूले जित्ने दाबी गरे ।

यता धरान उपमहानरपालिका वडा नम्बर ७ को रिक्त रहेको वडाअध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन । धरानका तत्कालीन मेयर तारा सुब्बा र वडा नम्बर ७ का भुवन भोक्तानको निधन भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

तर्सियो नेकपा 

धरानमा नेपाली काग्रेसले मेयर पदको मनोनयन दर्ता गर्दा जादा शक्ति प्रर्दशन गरेको छ । मनोनयन दर्ता गर्ने हजारौ कार्यकर्ताहरु ढोल झ्याम्टा सहित मनोनयन दर्ता गर्ने ठाउँमा पुग्दा एमालेको किल्ला भनेर चिनिएको धरानमा नेकपा तर्सिएको छ ।

नेकपा भन्दा अगाडी मनोनयन दर्ताको लागि तामझामको साथ ¥याली देखेर नेकपाका नेताहरु तर्सिए एक एमालेका पूर्व नेताले भने । धरानको भानुचौक देखि बरगाछी सम्म नेपाली काग्रेसको हजारौ कार्यकर्ता देखिए । काग्रेसको हजारौ कार्यकर्ताहरु सडकमा आएको यो पहिलो पटक भएको भन्दै नेताहरुले खुसी ब्यक्त गरेका थिए ।

केन्द्र देखि आएको नेताहरुले काग्रेस जनसमर्थन देखेर मख्ख छन । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved