सुनसरी प्रहरीले कुटपिटको जाहेरी नलिएको पिडितको आरोप

  • प्रकाशित मितिः कार्तिक २७, २०७६
  • 1059 पटक पढिएको
  • समय अनलाइन

कुटपिटको घटनामा जाहेरी दर्ता गर्न नमानेको विषयलाई लिएर पीडित पक्षले इनरुवामा पत्रकार सम्मेलन गरेको छ । हरिनगर गाउँपालिका ४ का सुनिल साहमाथि भएको कुटपिट पश्चात शिवनारायण मेहता, जोगेश्वर मेहता, गोविन्द मेहता, सन्तोष मेहता, अरविन्द मेहता, पवन मेहता, राजेश मेहता र मुकेश मेहतामाथि कारवाहीको माग गर्दै पीडित पक्ष प्रहरीमा उजुरी दिन पुगेका थिए ।

सुनसरी प्रहरीले कुटपिटको घटनालाई सामान्य भन्दै दोषी भनिएकाहरुमाथि कार्वाहीको प्रकृया अघि नबढाई मिलापत्रका लागि दबाब दिएपछि पीडित पक्षले इनरुवामा पत्रकार सम्मेलन गरि घटना सार्वजनिक गरेको हो ।

POL यो घटना कात्तिक १३ गतेको हो । छिमेकमा ठूलो साउण्डमा बजाइएको माइकको भोलुम घटाउने विषयमा विवाद पश्चात कुटपिट हुन पुगेको थियो । उक्त घटनामा सुनिल साह र सञ्जीव कुमार साह घाइते भएका थिए । घटनामा सुनिल साहको हात भाँचिएको छ । उनको हातमा स्टिल हालिएको छ ।

घटना पश्चात पीडक भनिएका पक्षले बिरामीलाई तत्कालै उपचार गर्न लैजान नदिएको पीडित पक्षको भनाइ छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय हरिनगरले समेत वेवास्ता गरेपछि सुनसरी प्रहरीमा मुद्दा दर्ता गराउन पुगेको थियो ।

पीडितलाई प्रहरीले इनरुवा अस्पतालबाट घाउजाँच गरी ल्याउन भनेपछि अस्पतालले सामान्य भनि लेखेको आधारमा मुद्दा दर्ता गर्न नमिल्ने भनि पन्छिएको प्रहरीले विपक्षीसँग मिलेर घटना दबाउन खोजेको घाइते सुनिल साहले बताए ।

प्रहरीले इनरुवा अस्पतालको रिपोर्टका आधारमा मुद्धा दर्ता गर्न नमानेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा वीपीले समेत घटनालाई सामान्य भनेको थियो । प्रहरीले ती दुवै अस्पतालको रिपोर्टलाई आधार देखाउँदै दुर्घटनाबाट हात भाँचिएको हुनसक्ने भन्दै घटनालाई कुटपिटमा मुद्दा दर्ता गर्न नसकिने भनेर पीडितलाई मिलापत्र गर्न दबाब दिएको बताइएको छ ।

हातमा स्टिल लगाएका घाइते साहले प्रहरीले आफूलाई उपचाररत अवस्थामा समेत दबाब दिएर प्रहरीमा हाजिर हुन भनेपछि पत्रकार सम्मेलन गर्न आउनु परेको बताए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved