नेकपा इटहरीको चेतावनी : सडक बिस्तार ८२ कायम नभए कडा कदम उठाउने

  • प्रकाशित मितिः कार्तिक २८, २०७६
  • 1499 पटक पढिएको
  • समय अनलाइन

भारत र चीन जोड्ने जोगवनी किमाथाङ्का सडक विस्तारमा एक रुपता कायम हुनुपर्ने नेकपा सुनसरीले बताएको छ ।

लामो समय विवादित आएको कारण उक्त सडकको निर्माण कार्य रोकिएको थियो । तर केही समय अघि सर्व पक्षिय बैठकबाट उक्त सडकको निर्माण कार्य पुन अगाडि बढाउने सहमती पश्चात् हाल उक्त सडकको निर्माण कार्य अघि बढाइएको छ । उक्त सडकको निर्माण कार्य पुन अगाडि बढाईरहदा बुधबार देखि पुन विवादित बन्दै आएको छ । निर्माण कार्य अगाडि बढाईरहदा सुनसरीको इटहरी स्थित आर्मी क्याम्प देखि तरहरा सम्म ८२.५ फुटको सडक विस्तार गरे पनि आर्मी क्याम्प देखि इटहरी चौक आसपासका क्षेत्रमा ६२ फुटको मात्र सडक विस्तार गरेको भन्दै इटहरीका एक युवाले इटहरी चौकमा रहेको गोर्खा डिपार्टमेन्टमा तोडफोडको प्रयास गरे सगै उक्त सडकको वास्तविकता बाहिर आएको छ ।

सडक निर्माणमा विवाद आए पछि अब उक्त सडक निर्माणको कार्य के होला भन्ने विषय ताजा रहदै नेकपा सुनसरीले हाल ६२ फुटमा सडक विस्तार गर्दै आएको विषयमा एक विज्ञप्ती सम्प्रेषण गरेको छ । नेकपा सुनसरीका अध्यक्ष बहादुर सिंह (ज्वाला) र सचिव काशिनाथ दंगालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ नेकपा सुनसरीले विगतमा बसेको सर्वपक्षिय बैठकमै उक्त सडक सबै तिर समान रुपमा लैजानु पर्ने बताउदै आएको छ ।

विज्ञप्तिमा भनिएको छ आयोजना अगाडि बढाउने क्रममा जिल्ला सुनसरी इटहरी स्थित आर्मी क्याम्प देखि तरहरा सम्म ८२.५ फुट नै कायम भएता पनि आर्मी क्याम्प देखि इटहरी चौक आसपासका क्षेत्रहरुमा ८२.५ फुट भन्दा ज्यादै कम चौडा बनाई सडक विस्तार गर्ने कार्य भएको भनी विभिन्न सञ्चार माध्यममा आएको हुदा सम्बन्धित निकायलाई फरक फरक चौडाईको सडक निर्माण नगर्न साथै भईरहेको सडक विस्तार अविलम्ब सञ्चाई पुन सडक विस्तार गर्न ध्यानाकर्षण गराउन चाहान्छौ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved