नगरपालिकामा भएको बेथितिलाई बाहिर ल्याउने काग्रेस धरानका उम्मेद्धवार राईको प्रतिवद्धता

  • प्रकाशित मितिः कार्तिक २८, २०७६
  • 1000 पटक पढिएको
  • समय अनलाइन

नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार तिलक राईले आफुले जितेपछि नगरपालिकामा भएको बेथितिलाई बाहिर ल्याउने प्रतिवद्धता जनाएका छन् ।

बुधबार उम्मेदवारी मनोनयन दर्ता गरेपछि राईले पत्रकारहरुसँग प्रतिक्रिया दिदै यस्तो प्रतिद्धवता जनाएका हुन् । उनले नगरपालिकाप्रति जनतामा अविश्वासको श्रृंखला बढेको र प्रशासनिक बेथिति पनि चुलिएको बताए । नगरको थुप्रै आयोजनाहरु अधुरो भएको र खानेपानी जस्तो महत्वपुर्ण योजनामा समेत हेलचेक्र्याइ भइरहेको उनले आरोप लगाए । ‘नगरको आयोजनाहरु पुरा भएको छैन । खानेपानी जस्तो महत्वपुर्ण आयोजनामा समेत हेलचेक्रयाई गरेर आफु अनुकुल सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्यसलाई रोक्न खोजिरहेका छौ,’कांग्रेस उम्मेदवार राईले भने,‘बाटोघाटोको समस्या उतिकै छ । भौतिक पूर्वाधारको कुरामा थुप्रै अनियमितता भएको आशंका छ । मेरो उम्मेदवारी त्यो सबै जनताको आशंकालाई भोली यथार्थमा बाहिर ल्याउने पनि प्रतिवद्धता हो ।’

कांग्रेसका नगर सभापति समेत रहेका राई २०७४ को पहिलो स्थानीयतह निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । त्यसबेला उनी तत्कालिन एमाले उम्मेदवार तारा सुब्बासँग पराजित भएका थिए । उनले त्यसबेला ट्रायलकोरुपमा उठेको र यसपाली जित्ने गरी उम्मेदवारी दिएको दाबी गरे । ‘त्यो बेला ट्रायल थियो । यसपाली जित्छु । जित्ने अभियानमा छुँ,’उनले भने,‘धेरै अन्तर त होइन तर, यसपाली १५ सयदेखि २ हजार मतले जित्नसक्ने स्थिति छ ।’ उनका अनुसार कांग्रेसले न्युनतम २८ हजार र २९ देखि ३० हजारको बीचमा मत ल्याएर जित्ने बताए ।

यसपाली युद्धस्तरमा जनताको घरमा पुगेर शुभेच्छा लिइरहेको बताउदै उनले जनताको आकांक्षा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेकोले पनि मत पाउने विश्वास व्यक्त गरे । ‘जनताले हुने कुरा माग्नुभएको छ, नहुने कुरा माग्नु भएको छैन । हिजोको साथीहरुले हुने कुरा पनि पुरा नगरेको हुनाले अब हुने कुरा पुरा गराउने पार्टी र प्रतिनिधि छान्न चाहनु भएको छ,’उनले भने,‘त्यसमा उहाँहरुको रोजाईमा नेपाली कांग्रेसको उम्मेदवार तिलक राई परेको भन्ने वडा, टोलमा जनताबाट कुरा आइरहेको छ। त्यसैले जनताको मत, विचार र शुभेच्छाबाट जित्ने आधार मेरो हो ।’

उनले नेकपाबाहेक सबै दलहरुसँग सहकार्य हुने पनि दाबी गरे । अन्य दलले उम्मेदवारी दर्ता गरेपछि फरक नपर्ने बताए । ‘उम्मेदवारी दिए पनि मत हाल्ने कुरा हो । फरक पर्दैन, समझदारी भइसकेको छ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved