छ लेन सडक विस्तार गर्ने क्रममा इटहरीमा विरोध

  • प्रकाशित मितिः कार्तिक ३०, २०७६
  • 885 पटक पढिएको
  • समय अनलाइन

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विराटनगर–धरान सडकखण्ड निर्माण कार्य चलिरहेको छ। इटहरीमा भने सडक विस्तारका क्रममा कसैलाई काखा र कसैलाई पाखा गरिएको भन्दै सडकदेखि सामाजिक सञ्जालसम्म विरोध चुलिएको छ।

इटहरी बजार क्षेत्रमा सडकले लिने जग्गा ‘क्लियर’ नहुँदा केही समयदेखि स्थगित भएको काम पाँच दिनअघि सुरु गरिएपछि तरहरा क्षेत्र र इटहरी बजार क्षेत्रमा फरक–फरक मापदण्डमा निर्माण भएको भनी विरोध सिर्जना हुन पुग्यो। नेपाल कम्युनिस्ट पार्टी नेकपा इटहरीले त विज्ञप्ति नै जारी गरेर तरहरा र इटहरीमा समान ढंगले सडक विस्तार गर्न माग गरेको छ। यसरी सर्वत्र भइरहेको आलोचनाको छ लेन सडक विस्तार आयोजनाले भने बचाउ गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी आयोजनाले सडक चौडाइको हिसाबले तरहरा र इटहरी चौरास्ता चोकको बजारभन्दा उत्तरतर्फ एउटै डिजाइनमा भएको प्रस्ट्याएको थियो।

आयोजनाले इटहरी चौरास्ता चोकदेखि दक्षिणतर्फ भने उत्तरतर्फको भन्दा डिजाइन फरक भएको जनाएको छ। तरहरादेखि दक्षिणतर्फ सडक विस्तार गर्ने क्रममा जहाँजहाँ खाली छ, त्यहाँत्यहाँ सडकले आफ्नो क्षेत्राधिकारको जग्गा सडकको केन्द्रबाट दुवैतर्फ २५–२५ मिटर लिएकाले कतिपयमा गलत बुझाइ प्रवाहित भएको आयोजनाका कर्मचारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved