२३ जिल्लामा मिचेको छ भारतले सीमाना !

  • प्रकाशित मितिः कार्तिक ३०, २०७६
  • 1089 पटक पढिएको
  • समय अनलाइन

नेपालको २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । र, नेपाल भारतबीच १ हजार ८ सय ८० किलोमिटर सीमा रेखा छ ।

त्यसमध्ये २३ जिल्लामा सीमा विवाद छ । धनुषा, बैतडी र डडेलधुरामा मात्रै विवाद छैन । नेपाल–भारत सीमारेखाको ७१ स्थानमा अतिक्रमण, मिचान र वादविवाद छ । र, यस्तो विवादित क्षेत्रफल ६० हजार ६ सय ६२ हेक्टर हुन्छ ।

यीमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लामा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित भएको छ ।

कुन जिल्लामा कति अतिक्रमण ?

  • ताप्लेजुङ : टिम्बापोखरी, काबेली–लामेखोला, काब्रु पहाड र तुम्लिङबस्ती (२ हजार २० हेक्टर)
  • पाँचथर : अहलगैरी र चिवाभाज्याङ (११४ हेक्टर)
  • इलाम : पशुपतिनगर, फाटक, मानेभञ्याङ, सन्दकपुर (८२ हेक्टर)
  • झापा : कारोबारी, पाठामारी, महेशपुर, भद्रपुर, कालीखज्जर, भान्साखोला, नकलबन्दा, बाहुनडाँगी (१७४ हेक्टर)
  • मोरङ : बुद्धनगर, बहुका चेप्राहा, सोनापुर दोरिया (३५ हेक्टर)
  • सुनसरी : कटैया–भन्टावारी, शिवगन्ज पकरिया र साहेवगन्ज (४३ हेक्टर)
  • सप्तरी : सुवर्णपट्टी, बारदाही, सखडा छिन्नमस्ता, लालपट्टी–गोविन्दपुर, कुनौली, विष्णुपुर–शिवनगर, गोबरगाडा : (१७५ हेक्टर)
  • सिरहा : माडर–चन्द्रगन्ज र टाँडी (११ हेक्टर)
  • महोत्तरी : सम्सी र शिसवा–कटैया (१४ हेक्टर)
  • सर्लाही : त्रिभुवनबस्ती र सङग्रामपुर (१२ हेक्टर)
  • रौतहट : गौर–जमुना (१५ हेक्टर)
  • बारा : दक्षिण झित्कैया (३० हेक्टर)
  • पर्सा : ठोरी, लक्ष्मीपुर–पिपरा, दसौता, मितेरी पुल, अहिर टोल, इनरुवा–चमार टोल (२३३ हेक्टर)
  • चितवन : बाल्मीकि आश्रम र दारनाला दारीचुरे (१७४ हेक्टर)
  • नवलपरासी : सुस्ता (१४ हजार ५ सय हेक्टर)
  • रुपन्देही : मर्चवार र बेलहिया (५५ हेक्टर)
  • कपिलबस्तु : कृष्णनगर बजार (१ हेक्टर)
  • दाङ : कोइलाबास (२५ हेक्टर)
  • बाँके : होलिया र नैनापुर (५१ हेक्टर)
  • बर्दिया : नकुवानाला, खैरीगाउँ गेरुवा, चौगुर्जी (२१ हेक्टर)
  • कैलाली : फूलबारीगाउँ, कौवाखेदा, कुसुमघाट, राजपुर (२६६ हेक्टर)
  • कञ्चनपुर : ब्रम्हदेवमण्डि, टनकपुर ब्यारेज, शारदा ब्यारेज, बनबासा–गड्डाचौकी, शुक्लाफाँटा, भुदगाउँ र परासन (१ हजार ६ सय ११ हेक्टर)
  • दार्चुला : कालापानी, लिम्पियाधुरा र लिपुलेक (३७ हजार हेक्टर)

भारतले नेपालतर्फको सीमा क्षेत्रमा ४५ हजार सेना तैनाथ गरेको छ । प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी छन् । नेपालले भने भारतसँग सीमा जोडिएका २६ मध्ये १८ जिल्लामा मात्रै सशस्त्र प्रहरीको क्याम्प राखेको छ । त्यो पनि सीमाभन्दा ३÷४ किलोेमिटर भित्रै ।

कतिपय ठाउँमा त सीमा सुरक्षा बल सदरमुकामै सीमित छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीका अनुसार ९ वटा जंगे पिलर र २८ वटा मुख्य स्तम्भ हराएका छन् ।

ती सबै भारततर्फका हुन् । कतिपय प्राकृतिक प्रकोपका समयमा हराएका भएपनि अधिकांश सीमास्तम्भ भारतीय पक्षले रातारात उखेलेर फालेको हुन् । स्तम्भ नै नहुँदा सीमा विवाद हुने नै भयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved