स्व. मेयर तारा सुब्बाका पत्नी इन्दुले तिलक राईलाइ दिइन जितको शुभकामना

  • प्रकाशित मितिः कार्तिक ३०, २०७६
  • 1033 पटक पढिएको
  • समय अनलाइन

धरान। दिवंगत स्बर्गिय मेयर तारा सुब्बाको श्रीमती इन्दु राई सुब्बाले नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईलाई आशिर्वादसंगै जितको शुभकामना समेत दिएकी छिन । शुक्रबार धरान–१७ स्थित टेम्के मार्गमा रहेको स्र्वगीय सुब्बाको घरमा पुगेर तिलक राईले आशिर्वाद मागेका थिए भने इन्दुले जितको शुभकामना दिइन ।

मंसिर १४ गते हुने निर्वाचनकालागि घर दैलो कार्यक्रममा ब्यस्त रहेका तिलक राई शुक्रबार अपरान्ह १२ बजे स्वर्गिय तारा सुब्बाको घरमा पुगेका थिए । घरमा सामान्य घरायसी काममा ब्यस्त रहेकी इन्दुले मुस्काउदै स्वागत गर्दै राईको शिरमा हात राखेर आशिर्वादसंगै शुभकामना दिइन ।गत २०७४ सालमा सम्पन स्थानिय तहको निर्वाचनमा तारा सुब्बासंग तिलक पराजित भएका थिए । तारा सुब्बाको असामयिक दुःखद निधन पछी धरानमा उपनिर्वाचन हुन लागेका हो । उपनिर्वाचन कांग्रेसकातर्फबाट पुनः तिलक राई उमेद्वार बन्दा स्वर्गीय मेयर तारा सुब्बाको पत्नि इन्दु नेकपाका उमेदवार प्रकाश राईको प्रस्तावक गरेकी छिन ।भेटका क्रममा तिलक राईले इन्दुलाई तारा सुब्बाको योगदानलाई आफु निर्वाचित भए पश्चात नर्बिशने बताए । तिलकले तारा सुब्बाको निधन पछी धरान नगरमा भष्ट्रचार बढेको भन्दै यस्को अन्त्य गर्ने बताए । उनिहरु बिच करिब ५ मिनेट संवाद र आशिर्बाद र शुभकाना आदान प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved