बीपी प्रतिष्ठानमा बिना प्रायोजन ४ लाख ८० हजारको भुक्तानी

  • प्रकाशित मितिः मंसिर १, २०७६
  • 949 पटक पढिएको
  • समय अनलाइन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि अर्को चेक काण्ड सार्वजनिक भएको छ । ०७५ वैशाख २३ गते तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र प्रतिष्ठानसँग कुनै कारोबार र साइनो नभएका जीवन पौडेलले भुक्तानी लिएको घटना सेलाउन नपाउँदै पुनः अर्को चेकबाट रकम लिएको घटना बाहिरिएको छ ।

२०७५ वैशाख २३ गते एनआईसी एशिया बैङ्कमा रहेको प्रतिष्ठानको खाता नम्बर २३४१०१०१४८०५५२४०१४ बाट चेक नम्बर १६७५०६५० मार्फत् जीवन पौडेलको नाममा रकम गएको काण्डले प्रतिष्ठान बदनाम भएपछि रातारात उक्त चेकको रकम पुनः प्रतिष्ठानको खातामा जम्मा गरिएको थियो । उक्त विषयमा अझै छानबिन चलिरहेको छ । सो चेकमा निलम्बित रजिष्ट्रार तुलबहादुर श्रेष्ठको नाम मुछिए पनि यस विषयमा कुनै निर्णय भएन ।

हाल जारी भएको चेकमा अस्पताल निर्देशक डा. गौरीशङ्कर साहको हस्ताक्षर रहेको छ । गत भदौ १९ गते सनराइज बैङ्कको ४ लाख ८० हजारको चेक बिना काम र बिना आधार सुमसेन थापाको नाममा काटिएको उक्त चेक भदौ २७ गते सनराइज बैङ्कको सिरहाको मिर्चैया शाखाबाट साटिएको छ । रजिष्ट्रार श्रेष्ठको नामबाट पैसा निकालिएको घटना सार्वजनिक भएपछि तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियारले श्रेष्ठको आर्थिक कारोबार अधिकार खोसी अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहलाई दिएका थिए भने लेखा प्रमुख रूपा सिङ्घाची अग्रवाललाई अन्यत्र सरुवा गरिएको थियो ।

असार २६ मा उपकुलपति राजकुमार रौनियार ८ लाख घूससहित रङ्गेहात पक्राउ परेपछि रेक्टर डा. गुरुप्रसाद खनाललाई स्वास्थ्य मन्त्रालयले कार्यवाहक उपकुलपतिको जिम्मेवारी दियो । रौनियारसँग नजिक भएर काम गर्दै आएका अस्पताल निर्देशक साहबाट पनि खनालले निर्देशकसँग भएको आर्थिक कारोबारको अधिकार आफैले लिएका छन् । साउन ३० गतेदेखि पत्र पठाएर आर्थिक कारोबार नगर्न उपकुलपति खनालले निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved