धरानको होटल तथा रेष्टुरेष्ट राती ९ बजेसम्म मात्र खोल्न पाउने

  • प्रकाशित मितिः मंसिर २, २०७६
  • 910 पटक पढिएको
  • समय अनलाइन

मंसिर १४ गतेको उपनिर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म धरान क्षेत्रको होटल तथा रेष्टुरेष्टहरु राती ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज आइतबार भएको सर्वदलीय बैठकमा सुरक्षाको कारण राती ९ बजेसम्म मात्र होटल तथा रेष्टुरेष्ट खुला गर्ने सहमति तथा निर्णय भएको हो । सुरक्षा निकायले हिजोआज विभिन्न दलहरुले चुनावी घरदैलो अभियान सकेर कार्यकर्ताहरुलाई होटल तथा रेष्टुरेष्टमा लैजाने गरेको र झगडाको संख्या वृद्धि हुन थालेकोले राती ९ बजेसम्म मात्र होटल तथा रेष्टुरेष्ट खोल्न प्रस्ताव गरेको थियो । सुरक्षा निकायको प्रस्तावमा राजनीतिक दलहरुले सहमति जनाएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार सोमबारदेखि यो निर्णय लागु हुनेछ । जसअनुसार अहिले राती ११ बजेसम्म खुला रहने धरानको होटल तथा रेष्टुरेष्टहरु अब राती ९ बजे नै बन्द गर्नुपर्नेछ । ‘सर्वदलीय छलफलमा यो सहमति भएको हो, निर्वाचनको अन्तिम मतपरिणाम नआउदासम्म लागु हुन्छ,’डिएसपी न्यौपानेले भने । छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेती, सुनसरीका प्रजिअ राजेश पौडेल, एसपी यज्ञविनोद पोखेलले पनि सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिताको बिषयमा राजनीति दलका उम्मेदवार तथा प्रतिनिधिहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved