निर्वाचन प्रभाबित बनाउन धरानका दलहरुले गर्न थाले सडक निर्माण, निर्वाचन आयोगले रोक्यो काम

  • प्रकाशित मितिः मंसिर २, २०७६
  • 819 पटक पढिएको
  • समय अनलाइन

धरानका राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनको आचार–संहिता विपरीत धरान–८ भोटेपुलमा सडक निर्माण गर्न थालिएको, सुकुम्बासी बस्तीमा घर नम्बर वितरण गर्न थालिएको भन्दै मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएको छ । नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले एउटा दलको अगुवाइमा देवीगाउँमा ढलाइको काम भएको जानकारी गराए । मुख्य निर्वाचन अधिकृत उप्रेतीले मतदातालाई प्रभावित पार्ने गरी नयाँ निर्माण कार्य गर्न नपाइने बताए । तर पहिल्यैदेखि जारी रहेको ठेक्का–पट्टाका निर्माण कार्य भने नरोक्ने उनले बताए ।

मतदान केन्द्रमा आयोगले आफ्नै कर्मचारी राख्ने बताउँदै यसपटक धरान उपमहानगरपालिकाका कर्मचारी र शिक्षक नखटाउने उनले बताए । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि खटाएका स्वयम्सेवकहरू कुनै पार्टीको पक्षमा लागेको थाहा पाए सेवा सुविधा कटौती गरी कारबाही गरिने बताइएको छ । राज्यकोषबाट जागिर खाइरहेकाहरूले पनि कुनै पार्टीको पक्षमा लागेर हिँडेको थाहा पाए कारबाही गरिने बताइएको छ ।

मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने, ‘तोकिएको सङ्ख्याभन्दा बढी सवारी साधन चलाउन पाइन्न । मौन अवधिमा पार्टीको चुनाव चिन्ह अङ्कित भेस्ट लगाएर हिँड्न पनि पाइन्न । सर्वसाधारणका लागि सडक अवरुद्ध हुने गरी सडक चोकमा नारा जुलुस आमसभा गर्न पाइन्न । मङ्सिर ११ गते मध्यरातिदेखि कुनै पनि प्रचार–प्रसार गर्न पाइन्न ।’

निर्वाचन आयोगले पनि आइतबार विज्ञप्ति जारी गरी आचार–संहिता पूर्णरूपमा पालना गर्न र गराउन तीनै तहका सरकारसित आग्रह गरेको छ । आयोगले उल्लङ्घन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो । ‘यदि कसैले आचार–संहिता विपरीत काम गरेको पाइएमा प्रत्येक जिल्लामा उजुरीको सुनुवाइ तथा अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको आचार–संहिता अनुगमन समितिले कारबाही अघि बढाउनेछ’ –विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved