६ लेन सडक बिरुद्ध उपमेयरको एक्सन : फुटपाथ क्लियर नगरी सडक निर्माण

  • प्रकाशित मितिः मंसिर ३, २०७६
  • 1298 पटक पढिएको
  • समय अनलाइन

उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरा सम्मको सडकको विभिन्न ठाउँको स्थलगत अनुगमनसमेत गरिएको छ । इटहरी–तरहरा सडक खण्डको डिपीआर, खरिद सम्झौता लगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको जनाइएको छ ।

इटहरी तरहरा सडक खण्डमा फरक फरक मापदण्ड कायम गरि निर्माण भइरहेको भन्ने बिषयमा अन्यौल कायम भएको भन्दै संघर्ष समिति नै बनेर उपमहानगरको ध्यानाकर्षण गराइरहेकाले कागजपत्र माग गरिएको पत्रमा उल्लेख गरिएको छ । नेकपाका युवा नेता मदन चुडालको नेतृत्वमा इटहरीका दर्जनौं युवा र स्थानीयहरुले सडक क्षेत्र खाली गराउनुपर्ने माग गरी विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

आजै उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा नागरिक समाज, संघर्षसमिति, उपमहानगर र आयोजनाका इन्जिनियरले इटहरीदेखि तरहरासम्मको विभिन्न ठाउँमा नाप्ने कार्य भएको छ ।

नापजाँच गर्दा इटहरीदेखि तरहरासम्म सडकको कालोपत्रे गर्ने भाग एकै नास पाइएको तर तरहरा, आँपगाछी क्षेत्रमा फुटपाथ क्लियर गरिएको इटहरी चौकमा नगरेको पाइएको उपमेयर गौतमले बताइन् ।

इटहरी चौकमा सबैभन्दा बढि मान्छे हिड्ने भएकोले चोकमा पनि फुटपाथ क्लियर गरेर जानुपर्ने आफनो मान्यता रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved