अर्जेन्टिना विश्वकपको आफ्नो पहिलो खेलमा आज आइसल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्दै छ । समूह ‘डी’मा रहेको अर्जेन्टिनालाई अगिल्लो चरण पुग्न यो खेल निकै महत्वोपूर्ण रहेको छ । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्ड, अर्जेन्टिनाका प्रमुख हतियार लियोनल मेसीको जादु प्रति सजग देखिन्छ । आइसल्याण्डले यूरो कपमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई १–१ को बराबरीमा रोकेको थियो भने इंग्ल्याण्डलाई क्वाटर फाइनलमै हराएको थियो ।
‘ग्रुप अफ डेथ’ को रुपमा हेरिएको यो समुहबाट अगिल्लो चरणमा को पुग्छ भनेर भन्न शाहझ छैन । अेर्जेन्टिना र आइसल्यान्डले एकअर्का विरुद्ध प्रतिस्पर्धा नगरेकाले दुवैका लागि यो पहिलो भेट हुनेछ । अर्जेन्टिना बलियो अग्र पङ्तिका साथमा मैदानमा उत्रनेछ । विश्वकपमा छनोटहुन अर्जेन्टिनाले कठिन यात्रागर्नु परेको हो । त्यस्तै मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनसंग ६-१ ले पराजित भएपछि अर्जेन्टिनालाई अरु दाबेदारको तुलनामा कम्जोर मानिएको छ ।
तर, लियोनल मेस्सी सम्मिलित अर्जेन्टिना आकर्षक सुरुवात गर्दै बलियो दाबेदारको रुपमा आफूलाई उभ्याउन चाहन्छ । अग्रपंक्तिमा रहेका मेस्सी, डि मारिया, गोन्जालो हिग्वाइन, डेबेला र सेर्जियो अर्गेरो यो बिश्वोकपको सबै भन्दा राम्रो अग्रपंक्ति भन्दा फरक नपर्ला । तेस्तै केरी आर्नासन र सिगर्ड्सन आइसल्यान्डका प्रमुख हतियार हुन र उनी हरुको प्रदसनले आइसल्यान्डको खेलमा प्रभाब पार्नेछ ।सम्भावित सुरुवाति ११ अर्जेन्टिना – काबालेरो; फाजियो,बुस्टोस, टागलियाफिको, ओटामेन्डी;मासेरानो,लो सेल्सो, डि मारिया,मेजा, मेस्सी; हिग्वाइन आइसल्यान्ड – हालडोर्सन; माग्नुसन, रागनारसिगर्डसन, आर्नासन, सेभरसन, जार्नासन, गुनरसन, सिगर्डसन, गुडमुनसन; सिगरडार्सन, फिन्बोगासोन यस खेल नेपाली समय अनुसार साँझको ६.४५ बजे सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved