यी हुँन इटहरीको सडक मापडण्ड भन्दा साँधुरो बनाउने जनप्रतिनिधि र व्यवासायी

  • प्रकाशित मितिः मंसिर ४, २०७६
  • 1030 पटक पढिएको
  • समय अनलाइन

जनप्रतिनिधि–व्यापारी तथा आयोजना प्रमुख बैठक बसेरै इटहरी चोकको राजमार्ग साँघुरो बनाउन निर्णय गरेको फेला परेको छ । गत कात्र्तिकमा गरिएको एउटा माइन्युट बाहिरिएपछि समान सडक निर्माणका लागि संघर्ष गरिरहेको समितिको आरोप पुष्टि भएको हो ।

आयोजनाका इन्जिनियर गौतमल देव,रमेश खतिवडा अरिदार,इटहरी वडानम्बर ६ का अध्यक्ष दिपक गौतम,इटहरी ९ का अध्यक्ष भुपेन्द्र बराल, इटहरी ४ का अध्यक्ष चन्द्र भट्टराई, उद्योगा बाणिज्य संघका अध्यक्ष भिम पौडेल लगायतको रोहबरमा ६५ फिट बाटो विस्तार गर्ने सहमती भएको थियो ।

समितिले रानी–बिराटनगर–धरान सडक आयोजनाअन्तर्गत हाल इटहरीमा बनिरहेको सडक इटहरी चोकमा साँघुरो बनिरहेको आरोप लगाउँदै आएको थियो । तर आयोजनाका इन्जिनियरहरुले भने समान सडक बनिरहेको दावी गरेका थिए ।

इटहरी चोकदेखि तरहरासम्म ५० मिटर सडक बनाउने डिजाइन बनेकोमा गत कात्र्तिक १७ गते जनप्रतिनिधि, व्यापारीहरुसमेतको बैठकले भने इटहरी चोकदेखि आर्मी क्याम्पसम्मको सडक ४० मिटर मात्र चौडा बनाउने निर्णय गरेको भेटिएको हो । बैठकको सुझाव नं। १ मा लेखिएको छ, ‘इटहरी चौकदेखि आर्मी पृतनासम्म जम्मा ६५ फिट भित्र बाटो, नाला, कायम गरी निर्माण कार्यलाई तीव्रता दिने ।’ सडकको बिचको सिमाबाट ६५ फिट दुवैतर्फको कुल नाप ४० मिटर हुन्छ ।

यसैगरी सुझावको ३ नं. मा लेखिएको छ, ‘आर्मी पृतनादेखि हलगडासम्म हाल भइरहेको स्वीकृत डिजाइनअनुसार बाटो निर्माण कार्यलाई तीव्रता दिने ।’

यो बुँदाले भने डिजाइनमा भएको ५० मिटरकै नापको सडक बनाउने भन्ने आशय व्यक्त गर्छ ।

सुझावको पाँचौ बुँदामा साथी फ्युलदेखि राधाकृष्ण मन्दिरसम्म १५ मिटर बाटो कायम हुने गरी निर्माण कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ ।

यसैगरी इटहरी उपमहानगरपालिका उपप्रमुख, प्राबिधिक, आयोजनाका प्राबिधिक साइट इन्जिनयर, नागरिक समाज र संघर्ष समितिका प्रतिनिधिको सहभागितामा सोमबार गरिएको नापजाँचमासमेत सडक साँघुरो रहेको समितिका संयोजक मदन चुँडालले जानकारी दिए ।

इटहरी चोक उत्तर नालासहित २० मिटर, आर्मी क्याम्पबाट हलगडा चोकसम्म नालासहित ४३ मिटर सडक निर्माण भइरहेको पाइएको छ । बरगाछि चोकमा ५० मिटर, तरहरा चोकमा ४० मिटर र तरहराचोक उत्तर भने फेरी ५० मिटर सडक कायम गरिएको पाइएको छ ।

यस्तै २५/२५ मिटर खाली गर्न सडक बिभागले सुचना प्रकाशन गरेपछी मुआब्जा माग गरि हालिएको रिटसमेत खारेज भएको संघर्ष समितिका होमनाथ धमलाले जानकारी दिए । राजमार्ग छेउ घर बनाउनेहरुले मुआबजा माग गर्दै रिट हालेकोमा खारेज भएको हो । केन्द्रबाट २५÷२५ मिटर सडकको भुभाग भएकाले मुआब्जा लिन पाइन्न भनी ७६ साल कात्र्तिक ५ गते रिट खारेज गरेकोछ ।

संघर्ष समितिले ६ लेन सडक कालोपत्रे, नाला, फुटपाथ सहितको भएको र इस्टिमेट, डिजाइनअनुसार कालोपत्रे नाला र फुटपाथ सहितको बन्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved