सुनसरीको सिमा स्तम्भ खोजी गर्न सशस्त्र प्रहरीले देखायो चासो

  • प्रकाशित मितिः मंसिर ४, २०७६
  • 1091 पटक पढिएको
  • समय अनलाइन

भारतले नेपाली भुमी समेटेर प्रकाशित गरेको राजनीतिक नक्साको कारण अहिले सिमा विवाद चर्किरहेका छ । यही समयमा सुनसरीका सीमा स्तम्भको बारेपनि सशस्त्र प्रहरीले खोजीमा चासो देखाएको छ ।

अहिले सुनसरी र भारतबीच रहेको भण्टाबारी नाकामा पनि हराएका सीमा स्तम्भ सशस्त्र प्रहरीले खोज्न सुरुवात गरेको हो । यहाँको कोशी गाउँपालिका क्षेत्रमा मात्र ४९ वटा सीमा स्तम्भ रहेको भएपनि अहिले २६ वटा स्तम्भ मात्र सुरक्षित रहेको शशस्त्र प्रहरी बल भण्टाबारीका इन्सपेक्टर प्रेमसिंह बिष्टले जानकारी दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘२३ वटा सीमा स्तम्भ हराएका छन्, हामी गस्तीमा रहेका छौँ ।’

भारतीय एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भको अवस्थाको बारेमा अनुगमन गर्दा भारतले सीमा स्तम्भ मिचेको नभई अन्य अवस्थामै स्तम्भ हराएको उनले टेलिफोन सम्पर्कमा जानकारी दिए । उनले भने,‘हामीले केहीदिन अगाडिबाट फलोअप गर्दा भारतले अतिक्रमण गरेको नभई विभिन्न समयमा आएको बाढीका कारण सीमा स्तम्भ हराएको पाईयो ।’ सुनसरीको कोशी गाउँपालिकामा पर्ने ४९ वटा सीमाको सुरक्षा गर्ने जिम्मा शशस्त्र प्रहरी बल भण्टाबारीको रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved