तिलक राईले जितेमा सम्पुर्ण वडा कार्यालयमा वडाबासीहरुको गुनासो सम्बोधन गर्न

  • प्रकाशित मितिः मंसिर ६, २०७६
  • 935 पटक पढिएको
  • समय अनलाइन

धरानको मेयरमा नेपाली कांग्रेसका तिलक राईले जितेमा सम्पुर्ण वडा कार्यालयमा वडाबासीहरुको गुनासो सम्बोधन गर्न वडा कार्यालयहरुमा मेयर सुझाब पुस्तिका राख्ने नेपाली कांग्रेस धरानका पुर्व सभापति किशोर राईले बताएका छन । आइतबार धरान–१७ को सुनौला मार्गका स्थानियहरुको निमन्त्रणामा जन गुनासो टिपोट गर्न पुगेका राईले एक पटक नेपाली कांग्रेसको नेत्रित्व पाए नगरको बेथिति अन्त्य गराउने बताए ।

नगरले बढाएको कर र मुल्य बृद्धी नेपाली कांग्रेसले नियन्त्रण गर्ने उनले दाबी गरे । उनले नेपाली कांग्रेसको जुझारु र योग्य तिलक राई धराने ठिटो रहेकाले ऊ प्रति बढेको जन लहरले कम्युनिस्टको सातो गएको समेत जनाए ।

कांग्रेस उमेदवार राईलाई भव्य स्वागत

नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भव्य स्वागत गरिएको छ । वडाको मङलबारे चौकमा तिलकलाई पञ्चेबाजा सहित फुलमाल लगाएर वडाबासीले स्वागत गरेका थिए । वडाको शान्ति चौक, हङकङ रोड, कल्याण चौक जस्ता टोलमा तिलक मत माग्न घर– घर पुगेका थिए ।

धरानको माटो हुर्केका धराने ठिटो तिलक राईलाई जितका लागि शुभकामना सहित टोलमा स्वागत गरिएको स्थानिय धनसेर राईले बताए । धनसेर राईले तिलकलाई आशिर्वाद समेत दिएका थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक मेयर पदका लागि उम्मेदवारी दिएका तिलक राईले यस अगाडिको चुनावमा यस्तो स्वागत नपाएको बताए । उनले भने, 'धरानका सबै वडामा भव्य स्वागत पाईरहेको छु । धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ।' धरानलाई विकाश र निकास दिने असल नेताको धरानमा अभाव खड्किरहँदा कांग्रेसका तिलक राई आफु धराने जनतालाई समृद्धि उन्मुख लैजान सारथी बन्न तयार र सक्षम रहेको बताउँदै आइरहेका छन ।

आइतबार विहान मङलबारेमा नेपाली कांग्रेसमा उमेद्वार तिलक राईका लागि मत माग्न आएका नेपाली कांग्रेस सुनसरीका सभापति राजिव कोइरलाले धरानमा कांग्रेस प्रतिको जन लहर देखेर धरानका कम्युनिष्ट नेताहरु मात्र हैन केन्द्रका नेता समेत आत्तिएको बताएका छन । उनले गरिब, सुकुम्बासी, मजदुरको पाटी भनेर कम्युनिष्टहरुले धेरै राज गरेको भन्दै यसपालीको चुनावको परिणामले कम्युनिष्टलाई धराने सोझा जनताले नङ्ग्याइ दिने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved