सुनसरी सदरमुकाम इनरुवा भरी नै लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान सेतो रिबन वितरण र प्रभातफेरी गर्दै सुरु भएको छ । मंसिर ९ गते सुनसरी सदरमुकाम इनरुवामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले बालबालिका र महिलाका लागि न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम र संवाद सम्पन्न गरेको छ । अभियान अन्र्तगत मानव अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले १६ दिवसीय अभियान सुरु गरेको बेला इन्सेकले बबियाको सरस्वती माविमा न्यायमा पहुँच विषयक अन्तरक्रिया र संवाद कार्यक्रम सम्पन्न गरेको हो ।
सुनसरी सदरमुकाम इनरुवा ९ र १० जल्यापुरमा इन्सेक सहितका संस्थाहरुको समन्वय र सहकार्यमा दिवसको अबसरमा न्यायमा पहुँचको विषयमा अन्तरकृया गर्दै अभियान सुरु गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved