धरानमा देउवाले भने : सत्तामा आएर कम्युनिष्टले केही गर्न सकेन

  • प्रकाशित मितिः मंसिर १०, २०७६
  • 729 पटक पढिएको
  • समय अनलाइन

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाउनु भएको छ ।

उहाँले भारत आफैंले विवादास्पद भन्दै आएको नेपालको कालापानी र सुस्ताको भूभागलाई नयाँ नक्सामा समावेश गर्नु पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राख्न खोज्नु भएको दाबी पनि गर्नुभयो । महाकाली सन्धीमा पनि महाकाली नदी सीमा बाँधिएको बताउँदै देउवाले सीमा पूर्व कालापानी सीमा पश्चिम इन्डिया रहेको र लिपुलेक पनि नदी पूर्व नैै पर्ने भएकै कारण कालापानीको पानी आधा–आधा गर्ने भनेर सहमति गरेको बताउनु भयो ।

कालापानी, सुस्ता तथा लिपुलेकको विषयमा दलहरुले अभूतपूर्व एकता गरेर सरकारलाई अगाडि बढ्न भन्दा पनि काम अघि नबढेको भन्दै देउवाले प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउनु भयो ।

अर्को प्रसंगमा सभापति देउवाले तत्कालिन राजा ज्ञानेन्द्रले अख्तियार दुरुपयोगलाई शाही आयोग बनाएजस्तो संवैधानिक परिषद्लाई अध्यादेश मार्फत परिवर्तन गर्न खोजे आफूहरुलाई मान्य नहुने बताउनु भयो । ४८ साल देखिको संवैधानिक परिषद्लाई किन परिवर्तन गर्नुप¥यो ? भन्दै देउवाले सरकारले आफूहरुसँग झगडा गर्न, निउ खोज्ने काम गरेको दाबी गर्नुभयो ।

उपनिर्वाचनमा कांग्रेसले चुनाव जित्ने दाबी गर्दै कम्युनिष्ट पार्टीले सत्तामा आएर कही नगरेको टिप्पणी गर्नुभयो । कम्युनिष्ट सरकारले कर बढाएको, उपभोक्ता समितिको नाममा भ्रष्टाचार गरेको र निर्मला पन्तको हत्यारा अहिलेसम्म खोज्न नसकेको देउवाको आरोप छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved