इटहरी। सुनसरिको इटहरिमा १ नं प्रदेश स्तरिय मेयर कप तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । सुनसरी जिल्ला तेक्वान्दो कमिटिको आयोजनामा प्रतियोगिता शुरु भएको हो । असार एक गतेबाट सुरु भएको उक्त खेल दुइ दिन सम्म चल्ने छ । प्रतियोगिताको आज एक कार्यक्रमका बिच इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले उद्घाटन गरेका छन् । उद्घाटनपछि चौधरीले प्रतियोगिताको सफलताको कामना गरेका गर्दै उनले खेलकुदको विकासको लागि विभिन्न सरोकार वाला निकाय सग समन्वय गरि अगाडि बढ्ने बताए । उघोग वाणीज्य संघ इटहरीका उपाध्यक्ष शैलेश बिष्टले वर्तमान समयमा सरकारले तेक्वान्दो खेललाई प्राथमिकतामा नराखेको तर यो खेल मनेरञ्जनका निम्ति मात्र नभई आत्म रक्षाको लागि समेत उपययोगि हुने उनले बताए । साथै उनले तेक्वान्दो खेल विषेश गरि महिलाको निम्ति झन् बढि आत्म रक्षाका लागी उपयोगि हुने कुरामा उनले जोड दिए । सुनसरि तेक्वान्दो कमिटिका अध्यक्ष कुल बहादुर गुरुङ्गले यस्तो प्रतीयोगिता खेलकुद विकासको लागी आवश्यक रहेको बताए । दुइ दिन सम्म चल्न प्रतियोगितामा प्रदेश १ का सुनसरी मोरङ्ग, झापा, इलाम,धनकुटा, उदयपुर लगायतका स्थानिय तहबाट सहभागीता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved