ऐतिहासिकधरानमा कांग्रेसको जित

  • प्रकाशित मितिः मंसिर १६, २०७६
  • 891 पटक पढिएको
  • समय अनलाइन

धरान: निर्वाचनको कुरा उठ्दा धरानलाई कम्युनिष्ट गढ वा लालकिल्ला भनिन्थ्यो । २०४६ सालको परिवर्तन पछि भएको सबै चुनावमा कम्युनिष्टको जितले धरानले पाएको यो उपमा स्वभाविक थियो । तर, अब धरान लालकिल्ला रहेन ।

मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले धरानमा कांग्रेसले ऐतिहासिक जित दर्ता गराउदै लालकिल्ला तोडेको छ । कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउदै लालकिल्ला तोडेका हुन् । कांग्रेसबाट विजयी राईले २६ हजार ७ सय ९ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । मंसिर १४ को निर्वाचनमा कुल ५४ हजार ८ सय ४८ मत खसेको थियो । धरानमा ९२ हजार ८ सय ५३ मतदाता थिए 

वडा नं ७ को अध्यक्षमा भने नेकपाका जीवनराज सुवेदी विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार सुवर्णमोहन पलिखेलाई मात्र १ मतले हराए । वडाअध्यक्षमा विजयी सुवेदीले ६२१ मत पाए भने उनका प्रत्यासी उम्मेदवार पलिखेले ६२० मत पाए । कांग्रेसले वडा ७ को अध्यक्ष पदको नतिजामा असन्तुष्टी जनाउदै पुनःगणनाको माग गरेपनि सहमति जुटेपछि नेकपाका अध्यक्ष विजयी घोषणा गरिएको थियो । विजयी दुवै उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले सपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved