धरान उपनिर्वाचनमा नेकपा र कांग्रेसबाहेक सबै उम्मेदवारको जमानत जफत

  • प्रकाशित मितिः मंसिर १९, २०७६
  • 1054 पटक पढिएको
  • समय अनलाइन

मंसिर १४ गतेको उपनिर्वाचनमा धरानको मेयरमा उम्मेदवारी दिएका २३ जना मध्ये २१ जनाको जमानत जफत भएको छ ।

निर्वाचन मतपरिणाम अनुसार मेयरमा विजयी तिलक राई र नेकपाका उम्मेदवार प्रकाश राईबाहेक अन्य कसैले पनि जमानत जोगाउन सकेनन् । आफ्नो जनमत थाह पाउन उम्मेदवारी दिएको समाजवादीले पनि आफ्नो जमानत जोगाउन सकेन । कुल खसेको मतमध्ये १० प्रतिशत मत ल्याउने उम्मेदवारको मात्र जमानत सुरक्षित हुन्छ । गएको उपनिर्वाचनमा कुल ५४ हजार ८ सय ४८ मत खसेको थियो । यसको १० प्रतिशत हिसाब गर्दा ५ हजार ८ सय ४८ मत ल्याउनुपर्ने हुन्छ । कांग्रेस र नेकपाबाहेक यो प्रतिशत कसैले पनि ल्याउन सकेनन् ।

कांग्रेसका उम्मेदवारले खसेको मतको २६ हजार ७ सय ९ मत पाए भने नेकपाका उम्मेदवारले २३ हजार ९ सय १४ मत पाए । जमानत जफत हुने उम्मेदवारहरुमा समाजवादी पार्टीका गजेन्द्र इस्वो, संघीय लिम्बुवान मञ्चका अमर इजम, साझा पार्टीका राजन श्रेष्ठसहित स्वतन्त्र उम्मेदवारहरु कसैले पनि जमानत जोगाउन सकेनन् । मत परिणाम अनुसार तेस्रो स्थान भएको संघीय लिम्बुवान मञ्चका उम्मेदवार इजमले १ हजार १ सय ३१ मत मात्र पाए भने अपेक्षा भन्दा न्युन मत पाएको समाजवादी पार्टीका इस्वोले ७ सय ५५ मत मात्र पाए । स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४ सय २२ मत पाए भने अर्का स्वतन्त्र उम्मेदवार डा.अमृतकुमार राईले २ सय ३ मत पाए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved