प्रमुख सहित ४ जनालाई क्याम्पस प्रवेश निषेध(बिज्ञप्ती सहित)जनता क्याम्पसका

  • प्रकाशित मितिः मंसिर २३, २०७६
  • 810 पटक पढिएको
  • समय अनलाइन

इटहरी, जनता बहुमुखी क्याम्पसका विभिन्न राजनीतिक दलका विभिन्न विधार्थी संगठनहरुले क्याम्पस प्रमुख सहित ४ जनालाई क्याम्पस हाता भित्र अनिश्चितकालिन प्रवेश निषेध गरेका छन ।

 

निषेध पर्नेमा क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, व्यवस्थापन समिती अध्यक्ष रेवातीरवण भण्डारी, सहायक क्याम्पस प्रमुखहरु गीता अधिकारी, युवराज सिटौला, टोलनाथ काफ्ले रहेका छन ।

आईतवार क्याम्पस प्रशासनले पैसाको लोभमा क्याम्पसको जग्गामा विद्यार्थीको पठनपाठनलाई प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै विरोध जनाएका थिए ।

जनता क्याम्पसको मैदानमा क्रिश्चियनहरुको कार्यक्रम सञ्चालन भइरहेको बेला बिद्यार्थीहरुको पठनपाठनमा समस्या देखिएको भन्दै बिद्यार्थी नेता आन्दोलित भएका थिए । कार्यक्रमले विद्यार्थीको पठन पाठनमा अवरोध गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए । विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै ‘क्याम्पस हातामा रहेको खेल मैदान यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । यस क्याम्पसमा विद्यार्थीको हक हित बाहिर गएर हुने कुनै पनि गतिविधिले हाम्रो अध्ययनमा अत्यन्त नराम्रो असर परेको’ भन्दै विरोध जनाएको अनेरास्ववियू अध्यक्ष किरण बिष्टले जनाएका छन् ।
विद्यार्थी सङ्गठनहरूको छलफलविना गरिएका निर्णयबाट उत्पन्न परिस्थितिको क्याम्पसले नै जिम्मेवारी लिनु पर्ने भन्दै चेतावनी दिएका विद्यार्थीहरुले उक्त कार्यक्रमस्थलमा गएर विरोध जनाएका थिए ।
सोही क्रममा उनीहरुलाई प्रहरीले हिजो ६ जना बिद्यार्थी नेतालाई पक्राउ गरी ५ घण्टा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved