बलात्कार आरोपी शिद्धबाबाको बयान रेकर्ड गर्न प्रहरीलाई सकस

  • प्रकाशित मितिः मंसिर २६, २०७६
  • 967 पटक पढिएको
  • समय अनलाइन

 सुनसरी जिल्ला अदालतबाट जवरजस्ती करणी अभियोगमा अनुसन्धानका लागि म्याद थप गरिएका सिद्धवावा भनिने कृष्णबहादुर गिरीको बयान सकेर अदालतमा मुद्दा बुझाउन अनुसन्धानमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीलाई सकस भएको छ ।

विरामीको बहाना बनाएर प्रहरी हिरासतलाई छलेर अस्पतालको सुविधा सम्पन्न कोठामा बस्दै आएका गिरीले बयान लिन आउने प्रहरीलाई उपचारको नाममा झुलाउने र उनको योजनामा अस्पतालका चिकित्सकसहित नर्सहरुले पनि साथ दिने गरेकोले प्रहरीलाई गिरीको बयान पुरा गर्न समस्या भएको हो ।

अदालतबाट पहिलो पटक अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएका गिरीलाई पुनः दोस्रो पटक सात दिनको म्याद थपपछि बयानको काम पुरा गरेर मुद्दा अदालतमा बुझाउने योजना बनाए पनि अनुसन्धान टोलीको नेतृत्व गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरिक्षक विनोद शर्माको टिमलाई समस्या भएको हो ।

विराटनगर मुनालपथस्थित विराट नर्सिङ होमको डिलक्स रुममा भर्ना भएकाले गिरीले प्रहरीलाई आफु अस्वस्थ्य भएको बताउँदै जवरजस्ती करणी मुद्धामा बयान दिन अस्वीकार र ढिलाई गर्ने गरेका हुन ।

सरकारी वकील कार्यालयका प्रतिनिधि र प्रहरीको अनुसन्धान टोली पुग्नै बितिकै बिरामीको बहाना बनाउने गिरी अन्य समयमा भने आफ्ना साधकहरु, नजिकका मानिसहरुसँग दिनभर कुराकानी गर्दै बस्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved