भोलिबाट चीन भ्रमण जान लागेका प्रधानमन्त्रीले आज भ्रमणका एजेण्डाबारे आज संसदलाई जानकारी दिने

  • प्रकाशित मितिः असार ४, २०७५
  • 949 पटक पढिएको
  • Prakash

आजको संसद बैठकमा प्रम ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदलाई जानकारी दिन लागेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार चीनको ४ दिने औपचारिक भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा यसअघि भएका सम्झौता कार्यन्वयनमा जोड दिने तयारी भएको छ । यसअघि प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका थिए भने त्यसअघि परराष्ट्रविद तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँग पनि छलफल गरेका थिए । यसअघि गत विहीबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको थियो ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली छिमेकी मुलक चीन भ्रमणमा जान लागेका हुन् ।

गत फागुन ३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीको चीन भ्रमणलाई नेपालको विकास र सम्बृद्धिसँग पनि जोडेर हेरिएको छ । यद्यपी परराष्ट्र मन्त्रालयले भ्रमण परम्परागत र मैत्रीपुर्ण सम्बन्धलाई मजबुत बनाउँदै परिवर्तित सन्दर्भमा दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउन केन्द्रीत हुने बताएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा तान्स हिमालय कनेक्टीभिटिलाई मुर्त रुप दिन केही महत्वपुर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

त्यसमध्ये बर्षा याममा अवरुद्ध हुदै आएका नेपाल–चीन नाका सञ्चालन गर्ने विषयमा सहमति गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वर्षाको समयमा ति नाका अवरुद्ध हुँदा सामान ढुवानी गर्न समस्या हुँदै आएको छ । त्यस्तै नेपाल चीन जोड्ने महत्वपुर्ण नाका तातोपानी नाका समेत आगामी मे महिनाबाट खुलाउने विषयमा नेपाल र चीनबीच छलफल हुनेछ ।

नेपाल र चीन जोडिएका हिल्सा, रसुवागढी, रिम्पु–तिप्लापास, दार्चुलाको टिंकर बझाङको उराइपास लगायतका नाका बर्षाको समयमा अवरद्ध हुँदा ति नाकाबाट खाद्यन्न लगायतका सामान ढुवानीमा समस्या हुँदै आएको छ ।

त्यस्तै रसुवामा बन्न लागेका दुईवटा पुलबारे दुई देशबीच सम्झौता गर्ने तयारीका साथै हाइड्रोपावर सम्बन्धी सम्झौता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved