प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी भइरहेको टिप्पणी गरेका छन् ।
नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय अधिवेशनको आज विराटनगरमा उद्घाटन गदै मुख्यमन्त्री राईले समाजका भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा जोड दिए ।
मुख्यमन्त्री राईले संघीयतालाई संस्थागत गर्दै समाज परिवर्तनका लागि सकारात्कम वस्तुको खोजी गर्न मिडियाको अहं भूमिका हुने उल्लेख गरे । उनले देश समृद्धिको यात्रामा रहेको भन्दै सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थकता प्रदान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ पत्रकारद्वय मोहन भण्डारी र हर्ष सुब्बालाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved