मोरङ पथरीकी रिजु भईन मिस पूर्वाञ्चल

  • प्रकाशित मितिः पुष ७, २०७६
  • 945 पटक पढिएको
  • समय अनलाइन

मिस पूर्वाञ्चल २०१९ को उपाधि मोरङ पथरी नगरपालिकाकी १९ वर्षीया रिजु भट्टराईले चुमेकी छन्। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा शनिबार राति धरान सभागृहमा सम्पन्न भएको ग्रान्ड फिलानेमा प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस पूर्वाञ्चलको ताज पहिरिएकी हुन्।

मिस पूर्वाञ्चलको ताजसँगै रिजुले नगद दुई लाख नगद पुरस्कार प्राप्त गरेकी छन्। उनले मिस पर्सनालिटीको उपउपाधि पनि हात पारिन्। रिजुले धरानस्थित यूएन कलेजमा अध्ययनका लागि छात्रवृत्ति र हङकङ भ्रमण गर्ने अवसर प्राप्त गरेकी छन्। प्रतियोगिताका मुख्य निर्णायक दीप श्रेष्ठले भिजिट नेपालबारे सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै रिजुले मिस पूर्वाञ्चलको उपाधि हात पारेकी हुन्। उनलाई मिस पूर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।

प्रतियोगिताको फस्ट रनरअप खोटाङकी एन्जल राई घोषित भइन्। मिस मल्टिमिडिया र मिस फोटोजेनिकको टाइटल जिलेकी उनले नगद एक लाख पुरस्कार प्राप्त गरिन्। प्रतियोगिताको सेकेन्ड रनरअप धरानकी सिम्रन लिम्बू भइन्। मिस इन्टरएक्चुअलको टाइटलसमेत जितेकी उनले नगद ५० हजार पुरस्कार प्राप्त गरिन्।

प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस बेस्ट वर्क सुस्मिता बराइली र सिम्रन लिम्बू, मिस पन्चुअलको टाइटल श्वेता पोखरेल र मिस बेस्ट कम्प्लेक्सनको टाइटल विपना तामाङले हात पारे। टाइटल विजेतालाई नगद १५ हजार पुरस्कार प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved