सुनसरीको इटहरीमा मंसिर २८ गते देखि आयोजना गरिएको उद्यमशिल महिला मेला सोमबार सम्पन्न भएको छ । मंसिर २८ गते देखि पुष ६ गते सम्म संञ्चालित उक्त मेलाको खर्च विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
नेपाल सरकार बाट रु. १५ लाख, स्टल शुल्क बाट रु.१ लाख ५० हजार सांगीतीक कार्यक्रमको प्रवेश शुल्क बाट ३ लाख १५ हजार गरि जम्मा रु.१९ लाख ६५ हजार संकलन भएको नेपाल उद्यमशील महिला महासंघकी केन्द्रीय अध्यक्ष देबिका बुढाथोकीले बताईन । त्यसैगरि स्टल निर्माण, कलाकार र प्रचारप्रसार लगायतमा ३५ लाख ३४ हजार ३ सय ४९ रुपया खर्च भएको पनि उनले बताईन । मेलामा करिब दुई करोडको कारोबार भएको पनि उनले जनाईन ।
काठमडौंमा मात्र लाग्ने गरेको उद्यमशिल महिला मेला यस पटक महासंघले काठमाण्डु भन्दा बाहिर इटहरीमा लगाउनु भनेको महिलाहरुले उत्पादन गरेको सामग्रीको खोजी गर्नु पनि मुख्य उद्धेश्य रहेको हो बताईएको छ। महासंघले मेला मात्र नभएर स्थानिय महिलाहरुलाइ सिप प्रदान गर्ने लक्ष्य राखेर करिब १५० जना भन्दा बढिलाई जंगलमा खेर जाने थाकलबाट व्याग बनाउने १५ दिने निःशुल्क तालीमको व्यवस्था गरेको थियो । सो तालिम लिने महिलाहरुलाई मेला अवधिभर बेसिक तालिम मात्र दिईएको र पुन १५ दिने तलिम दिएर उद्यमी महिला बनाउने उदेश्य रहेको पनि अध्यक्ष बुढाथोकीले बताईन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved