
एजेन्सी–दशकौँ लामो व्यावसायिक पर्वतारोहणले सगरमाथालाई विश्वको सबैभन्दा ठूलो फोहोर फाल्ने ठाउँमा बदलेको छ ।
खर्चालु पवर्तारोहीहरूको सङ्ख्या वृद्धि भएसँगै तिनले आफूसँगै लाने सामानमाथि नै फाल्दाको त्यसले सगरमाथाको कुरूपता बढाइरहेको छ ।
यही कारणले यो ८८४८ मिटर उचाइको पर्वत पवर्तारोहीहरूले छाडेका टेन्ट, चढ्ने उपकरण, खाली ग्यास सिलिन्डर र मानव मलमूत्रहरूले ढाकिने बेला भएको छ ।
“यो निक्कै घीनलाग्दो र आँखालाई पीडा हुने खालको छ,” १८ पटक सगरमाथा चढेका पेम्बा दोर्जे शेर्पाले भने, “हाल यो पर्वतले कैयौँ टन फोहोर बोकेको छ ।”
हिमाल चढ्नेको सङ्ख्या वृद्धि भएसँगै समस्या झन बढी खराब हुँदै गएको छ । यो वर्ष मात्रै कम्तीमा ६०० व्यक्तिले हिमाल आरोहण गरे ।
यस अतिरिक्त विश्वव्यापी तामक्रम वृद्धिले गर्दा पग्लिरहेको हिमतालका कारणले एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ६५ वर्षअघि सफलतापूर्वक आरोहण गरेदेखि फालिएका तर हिउँले छोपिएका फोहोरहरू सतहमा देखिन थालेका छन् ।
प्रयास नभएका होइनन् । पाँच वर्षअघि नेपालले प्रत्येक टिमलाई ४००० अमेरिकी डलर फोहोर डिपोजिट राख्नुपर्ने व्यवस्था सुरु ग¥यो । यसअन्तर्गत समूहका प्रत्येक आरोहीले कम्तीमा ८ केजीको फोहोर ल्याएमा उनीहरूले जम्मा गरेको पैसा फिर्ता गरिन्छ ।
यो हिमालको तिब्बती साइडमा पनि यत्ति नै मात्रामा फोहोर ल्याउनुपर्ने प्रावधान राखिएको छ तर त्यहाँ तोकिएको तौलमा अपुग भागको प्रति किलो १०० डलर (अधिकतम १८०० डलर) जरिवाना तिराइन्छ ।
सरमाथा प्रदूषण नियन्त्रण कमिटीका अनुसार सन् २०१७ मा नेपालका पवर्तारोहीहरूले लगभग २५ टन फालिएका सामान र १५ टन मानवीय फोहोर तल ल्याएका थिए ।
यो वर्ष त्योभन्दा बढी तल ल्याइयो तर प्रत्येक वर्ष फालिने फोहोरको यो सानो हिस्सा मात्र हो । सगरमाथा फोहोर नियन्त्रण कमिटीका अनुसार पर्वतारोहीहरूले आफूलाई तोकिएको भन्दा आधा मात्र सामग्री ल्याउने गर्छन् ।
फोहोर ल्याउनु सट्टा धेरै आरोहीहरूले डिपोजिट गुमाउन तयार हुन्छन् । आखिर यो रकम त्यस पर्वत चढ्नका लागि उनीहरूले तिर्ने २०,०००–१,००,००० डलरको अघि हात्तीको मुखमा जिरा जस्तो मात्र न हो ।
पेम्बाले पनि त्यो कुरा उल्लेख गरे । उनका अनुसार यो समस्यालाई विकराल बनाउने अर्को अवस्था भनेको केही अधिकारीहरूले केही घुस लिएर यो अवस्थाप्रति आँखा चिम्लिदिन्छन् ।
“पर्वतको सरसफाइका लागि उचाइमा प्रर्याप्त अनुगमनको अवस्था छैन,” उनले भने ।
अनुभवको अभाव
सगरमाथाको व्यवसाय विगत दुई दशकमा निक्कै बढेको छ ।
यसले सगरमाथामा आरोहीहरूको भीड बढाएको चिन्तासँगै न्यून मूल्यमा आरोहण अभियान सञ्चालन गरिरहेकाहरूले ग्राहक तान्नका लागि अनुभवहीन पर्वतारोहीलाई तान्दैछ भन्ने पनि डर छ ।
“यो अनुभवहीनताले फोहोरको समस्या झन् बढाइरहेको छ । “दुई दशकदेखि आफ्ना जुम्ल्याहा भाइ विल्लीसँग सगरमाथा चढिरहेका ड्यामियन बेनेगसल सावधान गराए ।
उचाइमा गाइड गर्ने र स्थानीय आदिवासी जातीय समुदायबाट आएका पवर्तारोही कामदार शेर्पाहरूले टेन्ट, जगेडा अक्सिजन सिलिन्डर र डोरी जस्ता गह्रौं सामग्रीहरू पर्वत तलमाथि गर्ने गर्छन् ।
पहिले अधिकांश पवर्तारोहीले कपडा, खाना, स्लिपिङब्यागहरू यहाँसम्म कि अतिरिक्त अक्सिजन जस्ता आफूलाई आवश्यक व्यक्तिगत सामग्री आपैmले लाने गर्थे ।
तर आजकल धेरै आरोहीहरूले यसलाई व्यवस्थापन गर्न सक्दैनन् । त्यसैले यी सबै शेर्पाहरूले बोक्ने गर्छन् ।
“उनीहरूले ग्राहकको सामग्री बोक्नुपर्ने भएकाले फोहोर फिर्ता ल्याउन सक्दैनन्,” बेनेगसले भने ।
सञ्चालकहरूले सबै ग्राहक, उनीहरूको सामग्रीहरू र फोहोरहरू सुरक्षित रूपमा पर्वत तल ल्याउनका लागि उचाइमा सहयोग गर्ने कामदारहरूको सङ्ख्या बढाउन पर्ने बेनेगसको सुझाव छ ।
कच्चा फोहोर
वातावरणविद्हरू सगरमाथामा बढेको फोहोरले तल रहेको उपत्यकाको पानीको स्रोतलाई असर पार्ने कुरामा चिन्तित छन् ।
आधार शिविरको कच्चा फोहोर आजको दिनमा एक घण्टा टाढा रहेको छेउको गाउँको खाल्टोमा बोकेर लगेर फालिन्छ ।
“मनसुनको समयमा यो फोहोरलाई डाँडा तल बगाएर खोलामा पु¥याइन्छ ।” एक अमेरिकी इन्जिनियर ग्यारी पोर्टरले भने ।
ग्यारी र उनको समूह यसको समाधान निकाल्न लागिपरेको छ । उनीहरू सगरमाथाको आधार शिविरमा बायोग्यास प्लान्ट लगाउने बारेमा सोचिरहेका छन् । यस प्लान्टले आरोहीको दिशापिसाबलाई उपयोगी मलमा बदल्नेछ ।
“अर्को विकल्प भनेको फोहोर सङ्कलन गर्न पूर्णकालीन कामदार खटाउनु हो ।” नेपाल पवर्तारोही सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले भने ।
“यो सजिलो काम होइन । सरकारले समूहहरूलाई सरसफाइ गर्न प्रोत्सहित गर्नुका साथै विद्यमान नियमहरूको कडाइको साथ लागू गर्नुपर्छ ।” आङले भने ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved