सगरमाथा विश्वको सबैभन्दा ठूलो डम्पिङ साइटमा यसरी बदलिँदैछ !

  • प्रकाशित मितिः असार ४, २०७५
  • 1093 पटक पढिएको
  • Prakash

 

एजेन्सी–दशकौँ लामो व्यावसायिक पर्वतारोहणले सगरमाथालाई विश्वको सबैभन्दा ठूलो फोहोर फाल्ने ठाउँमा बदलेको छ ।

खर्चालु पवर्तारोहीहरूको सङ्ख्या वृद्धि भएसँगै तिनले आफूसँगै लाने सामानमाथि नै फाल्दाको त्यसले सगरमाथाको कुरूपता बढाइरहेको छ ।

यही कारणले यो ८८४८ मिटर उचाइको पर्वत पवर्तारोहीहरूले छाडेका टेन्ट, चढ्ने उपकरण, खाली ग्यास सिलिन्डर र मानव मलमूत्रहरूले ढाकिने बेला भएको छ । 

“यो निक्कै घीनलाग्दो र आँखालाई पीडा हुने खालको छ,” १८ पटक सगरमाथा चढेका पेम्बा दोर्जे शेर्पाले भने, “हाल यो पर्वतले कैयौँ टन फोहोर बोकेको छ ।”

हिमाल चढ्नेको सङ्ख्या वृद्धि भएसँगै समस्या झन बढी खराब हुँदै गएको छ । यो वर्ष मात्रै कम्तीमा ६०० व्यक्तिले हिमाल आरोहण गरे ।

यस अतिरिक्त विश्वव्यापी तामक्रम वृद्धिले गर्दा पग्लिरहेको हिमतालका कारणले एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ६५ वर्षअघि सफलतापूर्वक आरोहण गरेदेखि फालिएका तर हिउँले छोपिएका फोहोरहरू सतहमा देखिन थालेका छन् ।

प्रयास नभएका होइनन् । पाँच वर्षअघि नेपालले प्रत्येक टिमलाई ४००० अमेरिकी डलर फोहोर डिपोजिट राख्नुपर्ने व्यवस्था सुरु ग¥यो । यसअन्तर्गत समूहका प्रत्येक आरोहीले कम्तीमा ८ केजीको फोहोर ल्याएमा उनीहरूले जम्मा गरेको पैसा फिर्ता गरिन्छ ।

यो हिमालको तिब्बती साइडमा पनि यत्ति नै मात्रामा फोहोर ल्याउनुपर्ने प्रावधान राखिएको छ तर त्यहाँ तोकिएको तौलमा अपुग भागको प्रति किलो १०० डलर (अधिकतम १८००  डलर) जरिवाना तिराइन्छ । 
सरमाथा प्रदूषण नियन्त्रण कमिटीका अनुसार सन् २०१७ मा नेपालका पवर्तारोहीहरूले लगभग २५ टन फालिएका सामान र १५ टन मानवीय फोहोर तल ल्याएका थिए । 

यो वर्ष त्योभन्दा बढी तल ल्याइयो तर प्रत्येक वर्ष फालिने फोहोरको यो सानो हिस्सा मात्र हो । सगरमाथा फोहोर नियन्त्रण कमिटीका अनुसार पर्वतारोहीहरूले आफूलाई तोकिएको भन्दा आधा मात्र सामग्री ल्याउने गर्छन् ।

फोहोर ल्याउनु सट्टा धेरै आरोहीहरूले डिपोजिट गुमाउन तयार हुन्छन् । आखिर यो रकम त्यस पर्वत चढ्नका लागि उनीहरूले तिर्ने २०,०००–१,००,००० डलरको अघि हात्तीको मुखमा जिरा जस्तो मात्र न हो ।
पेम्बाले पनि त्यो कुरा उल्लेख गरे । उनका अनुसार यो समस्यालाई विकराल बनाउने अर्को अवस्था भनेको केही अधिकारीहरूले केही घुस लिएर यो अवस्थाप्रति आँखा चिम्लिदिन्छन् ।
“पर्वतको सरसफाइका लागि उचाइमा प्रर्याप्त अनुगमनको अवस्था छैन,” उनले भने ।

अनुभवको अभाव

सगरमाथाको व्यवसाय विगत दुई दशकमा निक्कै बढेको छ ।

यसले सगरमाथामा आरोहीहरूको भीड बढाएको चिन्तासँगै न्यून मूल्यमा आरोहण अभियान सञ्चालन गरिरहेकाहरूले ग्राहक तान्नका लागि अनुभवहीन पर्वतारोहीलाई तान्दैछ भन्ने पनि डर छ ।

“यो अनुभवहीनताले फोहोरको समस्या झन् बढाइरहेको छ । “दुई दशकदेखि आफ्ना जुम्ल्याहा भाइ विल्लीसँग सगरमाथा चढिरहेका ड्यामियन बेनेगसल सावधान गराए ।

उचाइमा गाइड गर्ने र स्थानीय आदिवासी जातीय समुदायबाट आएका पवर्तारोही कामदार शेर्पाहरूले टेन्ट, जगेडा अक्सिजन सिलिन्डर र डोरी जस्ता गह्रौं सामग्रीहरू पर्वत तलमाथि गर्ने गर्छन् । 

पहिले अधिकांश पवर्तारोहीले कपडा, खाना, स्लिपिङब्यागहरू यहाँसम्म कि अतिरिक्त अक्सिजन जस्ता आफूलाई आवश्यक व्यक्तिगत सामग्री आपैmले लाने गर्थे । 

तर आजकल धेरै आरोहीहरूले यसलाई व्यवस्थापन गर्न सक्दैनन् । त्यसैले यी सबै शेर्पाहरूले बोक्ने गर्छन् ।

“उनीहरूले ग्राहकको सामग्री बोक्नुपर्ने भएकाले फोहोर फिर्ता ल्याउन सक्दैनन्,” बेनेगसले भने ।

सञ्चालकहरूले सबै ग्राहक, उनीहरूको सामग्रीहरू र फोहोरहरू सुरक्षित रूपमा पर्वत तल ल्याउनका लागि उचाइमा सहयोग गर्ने कामदारहरूको सङ्ख्या बढाउन पर्ने बेनेगसको सुझाव छ ।

कच्चा फोहोर

वातावरणविद्हरू सगरमाथामा बढेको फोहोरले तल रहेको उपत्यकाको पानीको स्रोतलाई असर पार्ने कुरामा चिन्तित छन् ।

आधार शिविरको कच्चा फोहोर आजको दिनमा एक घण्टा टाढा रहेको छेउको गाउँको खाल्टोमा बोकेर लगेर फालिन्छ । 

“मनसुनको समयमा यो फोहोरलाई डाँडा तल बगाएर खोलामा पु¥याइन्छ ।” एक अमेरिकी इन्जिनियर ग्यारी पोर्टरले भने ।

ग्यारी र उनको समूह यसको समाधान निकाल्न लागिपरेको छ । उनीहरू सगरमाथाको आधार शिविरमा बायोग्यास प्लान्ट लगाउने बारेमा सोचिरहेका छन् । यस प्लान्टले आरोहीको दिशापिसाबलाई उपयोगी मलमा बदल्नेछ ।

“अर्को विकल्प भनेको फोहोर सङ्कलन गर्न पूर्णकालीन कामदार खटाउनु हो ।” नेपाल पवर्तारोही सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले भने ।

“यो सजिलो काम होइन । सरकारले समूहहरूलाई सरसफाइ गर्न प्रोत्सहित गर्नुका साथै विद्यमान नियमहरूको कडाइको साथ लागू गर्नुपर्छ ।” आङले भने ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved