१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालको लागि पदक जित्ने तेक्वान्दोका ४ खेलाडीलाई मंगलबार धरानमा सम्मान गरिएको छ ।
पदक जित्ने सबै महिला खेलाडी हुन् । चार जनामध्ये ३ स्वर्ण र २ कास्यसहित तेक्वान्दोमा कुल ५ पदक जितेका छन् । पदक विजेताहरुलाई धरान तेक्वान्दो डोजाङले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरुमा स्वर्ण पदक विजेता सिना मादेन लिम्बु, स्वास्तिका तामाङ र निता गुरुङ रहेका छन् । सिनाले एक स्वर्णसँगै कास्य पदक पनि जितेकी छिन् । यस्तै, युनिसा राईले कास्य पदक जितेकी छिन् ।
पदक विजेता खेलाडीहरुलाई डोजाङका अध्यक्ष एवं तेक्वान्दोका भोलेन्टियर प्रशिक्षक गोपाल राई, कार्यक्रमका प्रमुख अतिथि एवं संविधानसभा सदस्य किरण राई, विशिष्ट अतिथि एवं एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष किसोर राईलगायतले अबीर, खादाका साथै सम्मान पत्र प्रदान गरेका थिए । साथै, पदक विजेता खेलाडीहरुको अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved