‘सिद्धबाबा’काे बयान सकियाे, आइतबार थुनछेक बहस

  • प्रकाशित मितिः पुष ११, २०७६
  • 979 पटक पढिएको
  • समय अनलाइन

२९ वर्षीया महिला अनुयायीमाथि ब’ला’त्का’र’को आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान सकिएको छ। सुनसरी जिल्ला अदालत इनरुवामा वादी र प्रतिवादीका अधिवक्ताहरुबीच गिरीको बयान लिइएको थियो। सो क्रममा आरोपित गिरीले उनीविरुद्धका आरोपलाई इन्कार गरेका छन्।

सरकारी वकिलको तर्फबाट नेतृत्व गरिरहेका गोकुल निरौलाका अनुसार आरोपितसँग जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा बयान लिने काम सकिएकाे छ।

विहान ११ बजे अदालतमा उपस्थित भएका गिरीको बयान लिने कार्य ३ बजेसम्म चलेको थियो। त्यसैगरी अब आइतबार बिहान १० बजेबाट थुनछेक बहस सुरु निरौलाले जानकारी दिए।

विराटनगरस्थित अस्पतालमा भर्ना रहेका कृष्णदासलाई एम्बुलेन्समा राखी अदालत उपस्थित गराइएको थियो। बयानका क्रममा पी’डित महिलाको पक्षबाट उनकी दिदी अदालतमा उपस्थित रहेकी थिइन्।

यसअघि थुनछेकका लागि न्यायाधीशहरु बिचमा गोला हानिएपछि गिरी उपरको अदालती प्रक्रिया अघि बढेको हो। गिरीको मुद्धा सुनसरी जिल्ला अदालतका मुख्यन्यायाधीश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ।

आरोपित गिरीको पक्षबाट बहसका लागि डा. रमेश पराजुली, सरोज गिरी, रुपेश कोइराला, दिनेशराज सत्याल, मोहन कोइरालाले तयारी गरेका छन्।

यसैबीच अदालत परिसर बाहिर कृष्णदासको सर्मथनमा भेला भएका अनुयायीहरुले सीतारामको जप समेत थालेका थिए। त्यसैगरी, पी’डित महिलाको पक्षमा समेत नाराबाजी सुरु भएको थियो। महिला अधिकारका क्षेत्रका कार्यरत संघसंस्थाको अगुवाईमा कृष्णदासलाई कार्वाहीको माग गर्दै ना’राबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved