दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा तेक्वान्दो खेल तर्फ स्वर्ण तथा रजत पदक बिजेता खेलाडीलाइ सम्मान गरिएको छ ।
खेलाडीहरू शुसिला राई र अप्सरा कार्की लाई शनिवार इटहरीमा सम्मान गरिएको हो । नागरिक समाज इटहरीले खेलाडीहरू इटहरीको गहना भएको भन्दौ नागरिक स्तरबाट कार्यक्रम गरि सम्मान गरेको हो ।
खेलको माध्ययमबाट बिश्व सामु नेपाललाई चिनाउन सफल भएकोमा इटहरीबासि गौरावाम्बीत भएको कारण यो सम्मान कार्यक्रमको आयोजना गरिएको नागरिर समाज इटहरीका अध्यक्ष दिनेश रसाईलीले बाताए ।
दक्षिण एशियाली खेलकुदमा तेक्वान्दो तर्फ स्वर्ण पदक बिजेता शुसीला राई र रजत पदक बिजेता अप्सरा कार्कीले इटहरीको एउटा इतिहास थपेको भन्दै सजिसजावट गाडिमा पञ्चेबाजान सहित नगर परिक्रमा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved