धरान सहर स्थापना दिवसलाई तीन दिन उत्सवकोरुपमा मनाउने

  • प्रकाशित मितिः पुष १३, २०७६
  • 1169 पटक पढिएको
  • समय अनलाइन

धरान सहर स्थापना दिवस अर्थात धरान डेलाई यसपाली तीन दिन उत्सवकोरुपमा मनाउने तयारी गरिएको छ ।

धरान उपमहानगरपालिकाले यही पुष १८, १९ र २० गते धरान डेलाई उत्सवकोरुपम मनाउने तयारी गरिएको हो । पुष २० गतेलाई धरान स्थापना दिवस अर्थात धरान डेकोरुपमा लिइने गरिन्छ । यसपाली नेपाल भ्रमण बर्ष २०२० लाई पनि समेटेर तीन दिने धरान डे उत्सव मनाउन लागिएको हो । धरान डे आयोजना गर्न मेयर तिलक राई संयोजक र उपमेयर मञ्जु भण्डारी सुवेदी सहसंयोजक रहेको मुल समारोह समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु पनि गठन गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

धरान डे पुष १८, १९ र २० गते पब्लिक उच्च मावि चतरालइनको खेल मैदानमा आयोजना हुनेछ । धरान डेको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ भने २० गते समापन समारोह मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने मेय तिलक राईले जानकारी दिए । धरान डेको अवसरमा ३ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिनेछ । धरान डे उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ ।

तीन दिनसम्म हरेक साँझ उत्सवस्थलमा धरानका कलाकारहरुले गीत, संगीत प्रस्तुत गर्नेछन् भने धरानका जनतालाई साँझमा घर घरमा दिपावली गर्न आह्वान गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved