माेरङकाे केराबारीमा आगामी पुस १५ गते देखि २१ गते सम्म सांस्कृतिक पर्यटन महाेत्सव एवम मच्छिन्द्रनाथ मेला लाग्ने भएकाे छ । केराबारी गाउपालीकाकाे सभाहलमा आइतबार पत्रकार सम्मेलन गर्दै आयाेजकले यस्ताे जानकारी दिएकाे हाे ।
भ्रमण वर्ष २०२०लाइ लक्षित गर्दै मच्छिन्द्रनाथ मेला ब्यवस्थापन समितिले आगामी पुस १५ गते देखि २१ गते सम्म सांस्कृतिक झाकि सहितकाे मेला आयाेजना गर्ने भएकाे हाे । स्थानीयस्तरमा उत्पादन भएका समग्रीहरूकाे बिक्री बितरण तथा प्रवर्दन संग संगै हराएकाे संस्कृतिहरूकाे जगेर्णा गर्दै केराबारीमा मच्छिन्द्रनाथ महाेत्सव लाग्ने भएकाे पत्रकार सम्मेलनमा जनाइएकाे छ ।
आदिवासी जनजातीहरूकाे वाहुल्यता रहेकाे साे स्थानमा जनजातीहरूकाे पहिचान यथावत राख्न र संस्कृतिहरूकाे प्रवर्दन गर्ने उद्येश्य सहित मेला आयाेजना गरिएकाे मेला ब्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर लिम्बुले बताए । मेलामा दैनिक स्थानीय स्तरका कलाकारहरू र राष्ट्रिय स्तरका कलाकारहरूकाे पनि बेजाेड प्रस्तुती रहने भएकाे छ ।
पछिल्लाे समय मेलाकाे नाममा संस्कृति र परम्परालाइ नै चुनाैती दिदै बिकृति फैलिएकाेले यसलाइ न्युनिकरण तर्फ पनि ध्यान पुर्याउन पत्रकार सम्मेलनमा सराेकारवालाले अनुराेध गरेका छन । गाउपालीका अध्यक्ष राेहित कार्कीले मेला आयाेजना गर्दा आर्थिक काराेबार पारदर्शि ढंगले गर्नुपर्ने र कुनै प्रकारकाे बिकृतिलाइ प्रसय दिन नहुने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved