सिद्धबाबालाई धरौटीमा रिहा, आदेशविरुद्ध महिला अधिकारकर्मीको आन्दोलनको चेतावनी

  • प्रकाशित मितिः पुष १४, २०७६
  • 880 पटक पढिएको
  • समय अनलाइन

आफ्नै महिला अनुयायी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

आज थुनछेक बहस सकिए पछि न्यायाधिश बराधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । इजलाशको आदेश पछि धरौटी रकम बुझाएर कृष्णदास छुटेका छन् ।

बलात्कार आरोपमा गत मंसिर १ ६गते पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि महिला अधिकारकर्मी असन्तुष्ट बनेका छन्।

सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको यस्तो आदेशले बलात्कार आरोपित सिद्धबाबालाई हौसला मिल्ने अधिकारकर्मीको भनाइ छ।

एक २९ वर्षीया अनुुयायी महिलालाई करणी गरेको आरोपमा सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। आइतबारदेखि दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

कृष्णदासलाई कडा कारबाही हुनुपर्ने माग गर्दै आएका महिलाले भने उच्च अदालत जाने चेतावनी दिएका छन्। अदालतको फैसला चित्त नबुुझेको भन्दै प्रदर्शनमा रहेका महिलाले असन्तुुष्टि जनाउँदै अदालत परिसरमा प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved