गोरखा होटल प्रा.लि उद्धघाटनको तयारी

  • प्रकाशित मितिः पुष १४, २०७६
  • 879 पटक पढिएको
  • समय अनलाइन

गोरखा डिर्पाटमेन्ट स्टोरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सुनसरीको इटहरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउने भएको छ । करिब ४० करोडको लागतमा स्थापना गरिएको उक्त होटल २०२० जनवरी १ तारिखको दिन उद्धघाटन हुने भएको छ ।

भ्रमण बर्ष २०२० को प्रारम्भ हुने दिन देखि नै सञ्चालनमा ल्याउने गरी तयारी पुरा भएको पत्रकार सम्मेलन गरि होटलका सञ्चालक बलराम आर्चायले जानकारी दिए ।

सञ्चालक आचार्यले पत्रकार सम्मेलनमा पूर्र्वी नेपालको केन्द्रविन्दु इटहरीमा २०५६सालमा पुर्वाञ्चलकै पहिलो र सबै भन्दा ठुलो डिर्पाटमेन्ट स्टोर सञ्चालनमा ल्याई हाल विभिन्न पाँच ठाउँमा शाखा विस्तार गर्न सफल गोरखा डिर्पाटमेन्ट स्टोरको सफलसंगै गोरखा होटल सञ्चालन ल्याउन लागेको जानकारी गराए । उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षकै सन्र्दभ पारेर होटल सञ्चालनमा ल्याउन लागेको वताउदै पर्यटन प्रवद्र्धन तथा पर्यटकीय गतिविधीमा होटलले समेत केही हद सम्म सहयोग पुर्रयाउने विश्वास व्यक्त गरे ।

होटल उद्घाटनको अवसर र नेपाल भ्रमण वर्षको अवसरमा एक महिना सम्म होटलले विशेष छुटको व्यवस्था समेत दिने जानकारी गराइयो । ४२ कोठे होटलमा स्विट ,एक्जुकेटिभ , डिलक्स र नर्मल रुमहरु रहेका छन । उक्त सम्मेलनमा होटल ब्यवसायी संघ का बरिष्ठ उपाध्यक्ष् दिवस पोख्रेल, सञ्चारकर्मी मणिराम भट्टराई लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved