इटहरी उपमहानगरपालिकाविरुद्ध अख्तियारमा पुनः निर्माण सम्बन्धि अर्को उजुरी

  • प्रकाशित मितिः पुष २१, २०७६
  • 1168 पटक पढिएको
  • समय अनलाइन

निर्माण अनुमतिको विवाद चर्किएर वरिष्ठ इञ्जिनियरले राजिनामा दिएको प्रकरण सेलाउन नपाउदै इटहरी उपमहानगरपालिकाविरुद्ध पुनः निर्माण सम्बन्धि अर्को उजुरी परेको छ ।

इटहरी २ तालतलैया छेउको शेहरा खोला किनारमा निर्माण हुदै गरेको वेट एन्ड डाइनो अम्युज्मेन्ट वाटर पार्क विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । भाटभटेनी निर्माण अनुमति दिदा बिबादमा परेको उपमहानगर तालतलैया छेउमा खोला मिचेर रिसोर्ट बनाएको विषयमा पुनः विवादमा तानिएको छ । इटहरीको वार्ड नं. २ स्थित तालतलैया क्षेत्र नजिकै बन्दै गरेको रिसोर्टले खोला मिचेर संरचना बनाएको उजुरी उपमहानगरमा परेपनि उजुरीको बेवास्ता गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

खोलाको क्षेत्राधिकार मिचेर रिसोर्ट बनाएको विषयको उजुरी यति बेला अख्तियारमा छ । मापदण्ड बिपरितको नक्सा दर्ता गराएको विषयमा समेत अख्तियारले छानबिन गर्नेछ । अन्य विषयमा तत्काल प्रतिक्रिया जनाउने उपमहानगरले यो विषयमा भने मौन बसेको छ ।

केही समय अगाडी उपमहानगरबाट इजाजत नै नलिई शेहरा खोलाको क्षेत्राधिकार मिचेर संरचना बनाएको भन्दै स्थानीय उपमहानगरमा स्थानीयहरूले मौखिक उजुरी हालेका थिए । पार्कले निर्माण मापदण्ड विपरीत खोलाबाट छोड्नु पर्ने भाग नछोड्नुको सट्टा खोला मिचेर संरचना बनाएको भनी स्थानीयले लिखित उजुरी दर्ता गराए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved