एनआईसी एसीया बैंकले नयाँ खाता योजना सार्वजानीक गरेको छ । बैंकले ’न्यु सुपर चमत्कारिक योजना’ ल्याएको हो । बैंकका अनुसार यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्ने छन् । ग्राहकलाई सर्वा्धिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटीएम बाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको एनआईसी एसीया बैंक इटहरी उप प्रदेश कार्यलय प्रमुख मोहन तिम्सिनाले इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्ने तिम्सिनाले बताउनुभयो ।
औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा रु २० हजारसम्म र अस्पताल भर्ना वापत रु ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ र उपरोक्त उल्लेखित बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्नेछ । ग्राहकहरुले आफु अनुकुल हुने र इच्छाईएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिज गरी तीन भेरियन्टस का बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्ने इटहरीमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved