गाईगोरु तस्करीमा संलग्न भारतीयसहित पाँच जना पक्राउ

  • प्रकाशित मितिः पुस २४, २०७६
  • 1399 पटक पढिएको
  • समय अनलाइन

झापा प्रहरीले गाईगोरु तस्करीमा संलग्न आरोपमा एक भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ। राजगढ र भद्रपुरबाट उनीहरूलाई २४ वटा गाईगोरुसहित पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोलीले बाह्रदशी र कचनकवल गाउँपालिकास्थित भागुडुब्बा नाकाबाट भारततर्फ लैजाने लागेका २० वटा गोरुसहित बाह्रदर्शी ४ बस्ने ४२ वर्षीय चन्दन टुडु, सोही गाउँपालिका बस्‍ने ४८ वर्षीय साहिर आलम, २३ वर्षीय हमिदुल मिया र ३३ वर्षीय विजय मुर्मुलाई पक्राउ गरेको हो। 

त्यस्तै टोलीले भद्रपुर ३ डागीबारी स्थितमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ४ वटा गाईसहित भारत विहार राज्यस्थित जिल्ला किसनगञ्ज इट्टाभट्टा बस्ने १८ वर्षीय मोहम्मद शववीर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। गाईगोरुसहित पक्राउ परेका पाँच जनालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइने जनाइएको छ।  झापा प्रहरीले पछिल्लो समयमा गाई–गोरु तस्करी नियन्त्रणमा आक्रामक देखिए पनि तस्करहरूले प्रहरीलाई चुनौती दिँदै अहिले घैलाडुब्बामा गाईगोरु ल्याएर राख्‍ने र त्यहाँबाट जिल्लाका विभिन्न नाकामा पठाउन थालेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved