कोशी पारी जंगली हात्तीको आतंक, हात्ती आतंक रोक्न मौरीपालन

  • प्रकाशित मितिः पुष २४, २०७६
  • 979 पटक पढिएको
  • समय अनलाइन

पप्पु यादव, कोशीब्यारोज । कोशी टप्पु बन्य जन्तु आरक्षबाट खानाको खोजीमा निस्कने जंगली हात्ती पछिल्लो समयमा सप्तकोशी नदी पारीको सप्तरीका मध्यवर्ती क्षेत्रका गाउँबस्तीहरुका प्रवेश गरेर वितण्डा मच्याउने क्रम बढेर गएको छ ।

सुनसरी जिल्लासँग सिमाना जोडिएको सप्तरीको उत्तरी भेगका बस्तीमा पछिल्लो करिब एक दुई महिनादेखि दैनिक जसो आरक्षबाट निस्कने हात्ती प्रवेश गर्ने र स्थानीयका घर र बालिनाली क्षति गरिदिने गरेको छ ।

यसअघि सुनसरतर्फ मात्रै धेरै क्षति पु¥याउँदै आएको जंगली हात्ती पछिल्लो समयमा आरक्षले हात्तीसार उदयपुर सप्तरीको सीमा क्षेत्रमा सारेपछि जंगली हात्ती आरक्ष पश्चिम र उत्तरतर्फ लागेको हो ।

सुनसरी जिल्लामा भने पछिल्ला दुई महिनामा जंगली हात्तीको आक्रमणको घटना एक दमै न्यून बन्दै गएको छ । आरक्षको हात्तीसारमा पालिएका ढोई हात्तिको संसर्गका लागि आउने जंगली हात्ती हात्तीसार सारेसँगै उतैतिर बढी समय बिताउने गरेको माउतेहरु बताउँछन ।

पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंोफोड गरेको छ ।

मध्यरातमा आएको हात्तीले गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नं २ मा १ र वडा नं ४ का २ घर गरी तीन घरमा तोडफोड गरी क्षति गरेको पीडितहरुले जनाएका छन् ।

तीन वटाको समूहमा आएको ती हात्तीले आक्रमण गरी चामल, तोरी, तरकारी दाल, फर्निचर, घर र तरकारीबाली गरी रु ६० हजार बढीको धन सम्पत्ति खाएर र कुल्चेर नष्ट गरेको जनाइएको छ ।

उनीहरुले घरमा खानका लागि जोहो गरेर राखेको अन्नपातसमेत हात्तीले खाइदिएको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अझैसम्म हात्तीको आतंक नरोकिएपछि स्थानीयवासी दैनिक चिसोको बेला राति जाग्राम बस्नुपरेको पीडित बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved