देशको सबै भू-भागको रक्षाको लागि आम नेपाली एक हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

  • प्रकाशित मितिः पुष २६, २०७६
  • 1124 पटक पढिएको
  • समय अनलाइन

पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने र माटोको सम्मानमा बोल्नै नहुने अवस्था सिर्जना गरिएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले सत्य कहिल्यै नहार्ने र स्वाभिमान कहिले पनि नमर्ने भन्दै देशको सबै भू–भागको रक्षाको लागि आम नेपाली एक हुनु पर्ने बताउनु भएको छ । 

आधुनिक नेपालका निर्माता पृथ्बीनारायण शाहको २९८ औं जन्मजयन्तीको तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने कार्य कतैबाट हुन नहुने उल्लेख गर्नु भएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्दछ, देशको सबै भू–भागको रक्षा तथा समग्र नेपालबासीको समृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’

उहाँले जनमानसमा के छ र के भइरहेको छ ? सबैमा स्पष्ट रहेको चर्चा गर्दै विज्ञप्तीमा पृथ्बीनारायण शाहका दिव्योपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved