प्रदेश–१ को अख्तियारमा एक वर्षमा १७८६ उजुरी

  • प्रकाशित मितिः पुष २९, २०७६
  • 886 पटक पढिएको
  • समय अनलाइन

प्रदेश–१ मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा गत आर्थिक वर्षमा १ हजार ७ सय ८६ उजुरी परेका छन् । प्रदेश–१ को उदयपुरबाहेकका जिल्ला र प्रदेश–२ को सिरहा र सप्तरीसहित १३ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा परेका १ हजार ७ सय ८६ उजुरी मध्यका ९ सय २१ उजुरी फर्च्यौट भएका छन् । 

कार्यालयका सहसचिव रविलाल पन्थले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सोमबार बुझाएको वार्षिक प्रतिवेदनमा ८ सय ६५ उजुरीको दायित्व चालु आर्थिक बर्षमा सरेर आएको उल्लेख छ । एक वर्षमा मुलुकभरिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयहरुमा २४ हजार ८५ उजुरी दर्त्ता भएको सहसचिव पन्थले बताए । त्यसमध्य १५ हजार ५ सय २७ मुद्दा फर्च्यौट भएको उनले बताए ।


चालु आर्थिक बर्षको मंसिरसम्म ६ सय उजुरी दर्त्ता भएको कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए । चालु आर्थिक बर्षमा परेका उजुरीमध्ये १ सय ७९ पर्छयौट भएको र चालु आर्थिक बर्षको मंसिरसम्ममा गत बर्षको सहित कूल ३ सय ३० उजुरी पर्छयौट भएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved