मिटर ब्याजकाे प्रलाेभन देखाइ अवैध रूपमा पासबुक राखेर लाखाै ठगि गरेकाे अभियाेगमा इटहरी उपमहानगर ६ निवासी बिरेन्द्र विश्वकर्मा बुधबार पक्राउ परेका छन । उनलाइ काठमाण्डाै स्थित बालाजुबाट पक्राउ गरिएकाे हाे ।
सुनसरिकाे इटहरीमा लक्ष्मी स्टोर्स (ज्वलेर्स) को नाममा पासबुक बनाइ १० जनाबाट ४५ लाख ठगि गरेकाे अभियाेगमा उनलाइ प्रहरीले पक्राउ गरेकाे हाे । उनलाइ पाैष २८ गते पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । विश्वकर्माबाट पीडित कमला दाहालले १० लाख रुपैयाँ ठगी भएको बताएकी छन् ।
त्यसैगरी यशोदा दाहालले पनि प्रहरी समक्ष विश्वकर्माद्वारा ६ लाख ५० हजार रुपैयाँ ठगिएको जाहेरी दिएकी छन् । सर्वसाधरणहरूबाट बढी ब्याज दिने प्रलाेभन देखाएर अवैध रूपमा अार्थिक काराेबार गरेकाे हुनाले उनि बिरूद्ध बित्तीय एेन अन्तरगत मुद्धा चलाइने इप्रका इटहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved