चाँदबेलाको एक सरकारी बिद्यालयको माटो उत्खनन् गरेर बेचेको स्थानियको आरोप

  • प्रकाशित मितिः माघ ३, २०७६
  • 2014 पटक पढिएको
  • समय अनलाइन

सुनसरीका इनरुवा ७ चाँदबेलास्थित नेपाल राष्ट्रिय हरि माबिको जमिनको माटो बेचेको भन्दै स्थानियहरुले बिरोध गरेका छन् ।  बिद्यालयको करिब २ बिगाह जमिनमा माछा पोखरीको लागि खनिएको माटो स्थानिय इटा उघोगलाई बेचेपछि स्थानियहरुले बिरोध गरेका हुन् । बिद्यालय व्यवस्थापन समितिको बैठकले पोखरी खनेको माटो बिद्यालय परिसरको खाल्डो पुर्न सहमति दिएपनि माटो भने उघोगलाई बेचेको स्थानियको आरोप छ ।

बिद्यालयदेखि केही किलोमिटर पूर्वमा रहेको अर्काे जमिनमा अहिले माटो खन्ने काम भइरहेको छ । माटो खनेको ३ दिन बित्दा समेत एक टिपर माटो अहिलेसम्म बिद्यालयको खाल्डोमा नहालेको स्थानिय नेता दुर्गेश चौधरीले बताए ।

बिद्यालय व्यवस्थापन समितिको निर्णय भन्दा बाहिर गएर माटो बेचेको उनले बताए । माटो बेच्ने कार्यमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय कुमार सिंह लागेको चौधरीले आरोप लगाएका छन् ।

यता व्यवस्थापन समितिका अध्यक्ष जय कुमार सिंहले भने बिद्यालयको खाल्डो पुर्नको लागि पोखरी खनेको बताउदै बिद्यालयको अन्तिरिक आम्दानी बढाउन माटो बेचेको बताए ।

बिद्यालय मातहतको जमिनबाट बिद्यालयको आर्थिक स्रोत बढाउन माछा पालन गर्न समितिले दिएको निर्णय सहि भएको र माटो बेच्ने काम पनि नियम भित्रै रहेर गरेको उनको भनाई छ । सिंहले केही दिन भित्रै बिद्यालय परिसरको खाल्डो समेत पुरिने बताए ।

Mato

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved