सुन्दरहरैचा नगरपालिकाद्वारा कृषकलाई ७४ थान कृषि सामाग्री वितरण

  • प्रकाशित मितिः माघ ३, २०७६
  • 886 पटक पढिएको
  • समय अनलाइन

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकाले नगर भित्र रहेका विभिन्न वडामा रहेका कृषकहरुलाई कृषि उत्पादनमा लाग्ने कृषि यन्त्र तथा उपकरण सामाग्री वितरण गरेको छ । नगरले विभिन्न वडामा बसेर सामुहिक कृषि फर्म सञ्चालन गरी तथा व्यक्तिगत कृषि पेशामा लागि व्यवसायिक कृषकहरुलाई ७४ थान विभिन्न कृषि सामाग्रीहरु वितरण गरेको हो । शुक्रबार सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालको उपस्थितिमा कृषकहरुलाई विभिन्न कृषि उपज सामाग्रीहरु वितरण गरेको हो ।

नगरले वितरण गरेको सामाग्री ग्रीन नेट १८ थान, पावर सेल रिपर २ थान, मकै छोडाउने मेसिन २ थान, मिनि ट्याक्टरमा जोड्ने रिपर १ थान, पावर स्प्रे ४० थान र गटर स्प्रे १० थान गरि ७४ थान कृषि सामाग्री वितरण गरेको हो । नगरले उक्त सामाग्रीहरु कृषकसग ५०/५० गरेर लागत साझेदारी गरि वितरण गरेको थियो । उक्त सामग्री वितरण गर्नु पुर्व नगरले केही महिना अगाडि कृषकहरुसग माग आवेदन फारम भरेको र माग फारम बमोजिम नै कृषकलाई सामाग्री उपलब्ध गराएको सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved