५० लाखको कारेबार गर्दै सकियो क्यान इन्फोटेक : ३० हजारले गरे अवलोकन

  • प्रकाशित मितिः माघ ५, २०७६
  • 769 पटक पढिएको
  • समय अनलाइन

इटहरी । गत माघ एक गते बाट इटहरीमा सञ्चालन भएको प्रदेश स्तरीय क्यान इन्फोटेक मेला २०२० आइतबार सम्पन्न भएको छ । ५ दिन सम्म चलेको मेलाले ५० लाखको कारोबार गरेको आयोजक क्यान महासंघ सुनसरीले जानकारी दिएको छ । आइतबार औपचारीक रूपमा क्यान इन्फोटेक मेला समापनको घोषणा गर्दै आयोजकले यस्तो जानकारी गराएको हो ।
समापन समारोहमा बोल्दै क्यान महासंघ सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले मेलामा ३० हजार आन्तरिक आगन्तुकहरूले अवलोकन गरेको बताए । मेला भित्र रोबोर्ट वार , रकेट प्रदर्शनी , ड्रोन , शिशि क्यामेरा , मान्छे संग बोलने रोबोर्ट , लेजर प्रिन्टर्सहरू अवलोकनकर्ताहरूको मुख्य रोजाइमा परेको बताइएको छ ।

प्रभु पेइ मुख्य प्रायोजक रहेको इन्फोटेक मेलामा ब्यापार भन्दा शुचना प्रविधिको बिकास र यसको महत्वको बिषयमा धेरै भन्दा धेरै ज्ञान दिने साथसाथै पर्यटन वर्ष २०२० लाइ प्रवर्दन गर्ने उद्येश्यका साथ सञ्चालन गरिएको मेला संयोजक तथा क्यान महासंघका उपाध्यक्ष खडग ओझाले बताए । मेला सम्पन्न गर्न स्थानीय सरकार देखि प्रदेश सरकार र क्यान महासंघ केन्द्रीय कमिटि लगायत सहायक प्रायोजक वर्ल्डलिंक इन्टरनेट कम्पनि प्रति आयोजक क्यान महासंघ सुनसरीले आधार ब्यक्त गरेको छ ।
त्यसैगरी मेलाभित्र राखिएका स्टलहरू मध्ये शिशि क्यामारा , ब्रदर्श तथा क्याननका प्रिन्टरहरू बढी मात्रामा बिक्री बितरण भएको बताइएको छ । समापनको दिन आइतबार इटहरी क्षेत्रका ३ दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरूले अवलोकन गरेका थीए ।

८० वटा स्टल रहेको उक्त मेलामा आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको थीयो

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved